Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मर्जरको प्रस्तावसहित प्रभु इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा

२०७९ असार १३ गते

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्स कम्पनीले यहि असार २८ गते विशेष साधारण सभा बोलाएको छ । असार १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष साधारण सभाको मिति तय गरेको हो । सभा कम्पनीको केन्द्रिय कार्यालय , प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा दिउँसो ११ बजे गर्ने कम्पनीले जनाएको छ ।

सभामा यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तत् सम्बन्धी साझेदारी पत्रमा हस्ताक्षर गर्ने, चलअचलन सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका मर्जर प्राप्ती सम्बन्धी अन्य आवश्यक सम्पुर्ण प्रक्रिया पुरा गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछन् । सभा प्रयोजनको लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने भएको छ ।