Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सः सबैभन्दा धेरै बीमा शुल्क आर्जन सफल

२०७९ असार १३ गते

बैंकिङ खबर/ बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १९ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले जेठ महिनामा मात्रै २ अर्ब ५९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छन् भने सोही महिनामा मात्रै ६ अर्ब ४८ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार जेठ महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ३० अर्ब ६७ करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ भन्दा एलआइसी नेपालले कम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा १४ अर्ब ७९ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै नेशनल लाइफले १२ अर्ब ७ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले यस अवधिमा ७ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनियन लाइफले ६ अर्ब ९३ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, यस अवधिसम्ममा एशियन लाइफले ५ अर्ब ९७ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।मेट लाइफले ४ अर्ब ७८ करोड, सिटिजन लाइफले ४ अर्ब ६१ करोड, प्राइम लाइफले ४ अर्ब ४५ करोड, सूर्या लाइफले ४ अर्ब २५ करोड, सन नेपाल लाइफले ३ अर्ब ५३ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ४३ करोड, ज्योति लाइफले ३ अर्ब २१ करोड, आइएमई लाइफले २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी समितिको तथ्याङक अनुसार गुराँस लाइफले २ अर्ब ७३ करोड, रिलायन्स लाइफले २ अर्ब ५८ करोड, सानिमा लाइफले २ अर्ब ३ करोड, प्रभु लाइफले १ अर्ब ७४ करोड र महालक्ष्मी लाइफले १ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

छुट्टै पहिचान बनाउन सफल नेपाल लाईफ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औं वर्षमा हिँडि रहेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ ।