Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति

२०७९ असार ११ गते

बैंकिङ खबर/ बीमा समितिले हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । अब यी दुवै कम्पनीले एक महिनाभित्रै अन्य सबै प्रक्रिया पूरा गर्नुपर्ने छ ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले वैशाख २२ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स स्वाप रेसियो १०० बराबर ८५ मा गाभिन लागेका हुन् ।

मर्जर पश्चात बन्ने ‘हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुने छ । एक आपसमा गाभिए पछि कम्पनीको केन्दि«य कार्यालय बबरमहल, काठमाडौंमा रहने छ । हिमालयन जनरलको १ अर्ब १७ करोड ३५ लाख रूपैयाँ चुक्ता पुँजी छ । एभरेष्ट इन्स्योरेन्सको १ अर्ब १८ करोड रूपैयाँ छ ।