२०७९ असार १० गते

बैंकिङ क्षेत्रमा नयाँ-नयाँ प्रविधि : एन आई सी एशिया बैंकमा खाता खोल्न ‘मिसकल’ दिए पुग्ने

बैंकिङ खबर/ पछिल्लो दशकमा बैंकहरुमा नयाँ–नयाँ प्रविधिहरु भित्रन थालेका छन् । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न आधुनिक प्रविधिका कारण सहज बनेको छ । लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता पनि हटेको छ । इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत विभिन्न ठाउँमा भुक्तानी, किनमेल गर्न सम्भव भएको छ भने आफ्नो खातामा भएको पैसा हेर्न बैंकसम्म पुग्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । जसका कारण खर्च र समयको बचत समेत हुने गरेको छ ।

बैंकिङ प्रणालीमा नयाँ–नयाँ प्रविधि भित्र्याउने बैंकहरुमध्ये एक हो एन आई सी एशिया बैंक । आफ्ना ग्राहक, सेवाग्राहीको हितका लागि एन आई सी एशिया बैंक लि.ले विगतदेखि नै नयाँ–नयाँ योजनाहरु भित्र्याउँदै आएको छ ।

खाता खोल्न मिस्कल दिए पुग्ने

एन आई सी एशिया बैंकमा खाता खोल्न अब मिस्कल दिए पुग्ने भएको छ । यदि तपाईलाई बैंकमा अनलाइन खाता खोल्नु परेको छ भने मिस्कल दिए पुग्ने भएको छ । त्यसका लागि तपाईले मिसकल दिए हुनेछ । 

हाल अनलाईन खाता खोल्ने प्रक्रिया चुनौतिपूर्ण रहेको अवस्थामा बैंकले अनलाईन खाता खोल्न थप सहज होस् भन्ने उद्देश्यले ग्राहक महानुभावहरुलाई Missed call बाट नै सहज रुपमा खाता खोल्ने योजना ल्याएको छ । जसअनुरुप ग्राहकहरुले ९८०१२२७७५५ मा Missed call दिएपश्चात् निजले बैंकबाट अनलाईन खाता खोल्ने लिंकसहितको एसएमएस प्राप्त गर्नुहुनेछ र बैंक प्रतिनिधिले समेत निजलाई सम्पर्क गरी अनलाईन खाता खोल्ने प्रक्रियाबारे विस्तृत रुपमा सहयोग प्रदान गर्ने व्यवस्था रहेको छ ।

अनलाईन खाता खोल्दा आकर्षक छुट

गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एन आई सी एशिया बैंकले अनलाईनमार्फत बचत खाता खोल्ने ग्राहक महानुभावहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा रू. ५,००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ ।

जसअनुसार Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं Taximandu, Yeti airlines, Sony LIV र Alt Balaji का अनलाईन प्लेटफर्ममार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा  NIC ASIA MoBank मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्नुहुनेछ ।

यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेलमार्फत  मर्चेन्टहरुद्वारा प्रदान गरिएको Promo code वा Discount link पठाउने व्यवस्था गरेको छ । बैंकले पठाएको Promo code वा Discount link प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुनेछ । अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।

यो योजनाबाट लाभ लिनका लागि ग्राहकहरुले यस बैंकको वेबसाइट www.nicasiabank.com मार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको छ । यसरी अनलाईन खाता खोलेपश्चात् ग्राहक महानुभावले आफुलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा गई KYC form भरी आफ्नो अनलाईन खाता पूर्ण रुपमा सुचारु गर्नुपर्नेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

 ‘आईसर्भ सर्भिस’, घरमै बसेर लिनुहोस् बैंकिङ सेवा 

एन आई सी एशिया बैंक लि.ले डिजिटल फष्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिँदै आएको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेको हो ।

बैंकले डिजिटल पूर्वाधारमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकाले आर्थिक वर्ष २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई अगाडि बढिरहेको छ । बैंकले डिजिटल कारोबार र भौतिक कारोबारको मिश्रण नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक उच्च रहेको बैंकले दाबी गर्दै आएको छ । बैंकले नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो समय बैंकिङ्ग कारोबारहरु डिजिटल भइरहेको परिप्रेक्ष्यमा एन आई सी एशिया बैंकले विभिन्न सेवाहरु समेत डिजिटलमय बनाइदिएको छ । हालै बैंकले ‘एन आई सी एशिया आईसर्भ’ सञ्चालनमा ल्याएको छ । जसलाई बैंकले एक सेल्फ हेल्प बैंकिङ प्लेटफर्मको रुपमा परिचय दिँदै आएको छ ।

आइसर्भमार्फत ग्राहकले बैंकका विभिन्न बैंकिङ सेवाहरु सहज एवं सुरक्षित रुपमा घरमै बसेर अनुरोध गर्न सक्दछन् । बैंकका अनुसार मोबाइल बैंकिङ सर्भिस, कस्टुमर सर्भिस, टेलर सर्भिस, कार्ड सर्भिस आईसर्भका मुख्य विषेशताहरु हुन् ।

डिजिटल फष्ट बैंकको दीर्घकालीन रणनीतिलाई अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई बैंकले आईसर्भ डिजिटल प्लेटफर्ममार्फत अघि बढाईरहेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने भन्छन्, ‘यसको मुख्य उदेश्य भनेकै बैंकले भौतिक रुपमा प्रवाह गरिरहेका ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्नु नै आईसर्भको उद्देश्य हो ।’

मुख्य चार विधामा मोबाइल बैंकिङसम्बन्धी सेवाहरू, ग्राहकसम्बन्धी सेवाहरू, टेलर सेवाहरू र कार्डसम्बन्धी रहेका छन्। यसमा २० सेवाभन्दा बढी आईसर्भबाट उपभोग गर्न पाइन्छ। जुन कुरा बैंकले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।  मोबाइल बैंकिङ सर्भिस, कस्टुमर सर्भिस, टेलर सर्भिस, कार्ड सर्भिस यी सेवाहरु लिनको लागि अब बैंकसम्म पुग्नुपर्ने छैन ।

बढ्दो ग्राहक संख्या, २५ प्रतिशतभन्दा बढी ‘सक्रिय नागरिक’ ग्राहक 

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौँ ग्राहकहरू माझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यस बैंकले देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

बैंकलाई आम जनताले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकले सेवा दिन सफल भएको छ ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरि गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोडभन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति कम रहेका दुर्गम जिल्लाहरूमा तथा बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरि सञ्चालन गर्दै आइरहेको छ ।

२९ लाख १८ हजार बढी निक्षेप खाता

एन आई सी एशिया बैंकको ग्राहकको तथ्यांक हेर्ने हो भने बैंकमा २९ लाख १८ हजार भन्दा बढी निक्षेप खाता रहेका छन् । ९४ हजारभन्दा बढी कर्जा खाता रहेको बैंकमा कुल ३० लाख २७ हजार भन्दा बढी खाताहरु छन् । कर्जा खाता हुनेहरुमध्ये अधिकांशको बचत खाता हुन्छ भन्ने तथ्यलाई आधार बनाएर हेर्दा पनि कुल जनसंख्याको ठुलो हिस्सा एनआईसी एशिया बैंकसँग जोडिएका छन् ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । एनआईसी एशिया बैंकको ग्राहक खाता संख्या २५ लाख बढी छ । बचत खाता नै हेर्ने हो भने एनआईसी एशियाको ग्राहक खाता संख्या २५ लाख बढी छ । जनसंख्याको विवरण केलाएर हेर्ने हो भने कमाउने व्यक्ति, वा जागिर खाने व्यक्ति वा कुनै इलम गर्ने व्यक्तिको सक्रिय संख्या झन्डै १ करोड छ ।

बैंकको ग्राहक संख्यामा बृद्धबृद्धाहरुको पनि खाता छ । बाल बचत अन्र्तगत बालबालिकाको खातासमेत बैंकमा छ । बैंकमा रहेको बालबालिकाको खाता संख्यालाई घटाउने हो र त्यसलाई जनसंख्यासँग तुलना गर्ने हो भने पनि सक्रिय जनसंख्याको झन्डै २५ प्रतिशत हिस्साका नागरिकले एन आई सी एशिया बैंकमा खाता खोलेका छन् ।

ग्राहक हिस्सा ८० प्रतिशत माथि

कुल बैंकिङ हिस्साको ८० प्रतिशतभन्दामाथि एन आई सी एशिया बैंकले ओगटेको छ । केन्द्रीय तथ्यांक विभागले कुन ठाउँमा कुन नागरिकले कुन बैंकमा खाता खोलेको छ भन्ने तथ्यको संकलन गरेको छ । विभागको सो तथ्यांक हेर्ने हो भने पनि १८ वर्षभन्दा माथिका नागरिकमध्ये ठुलो संख्या बैंकिङ पहुँचमा छ ।

बृद्धबृद्धाहरुले सामाजिक सुरक्षा भत्ताका लागि बैँक खाता खोलेका छन् भने कलेज पढ्ने विद्यार्थीहरुले घरबाट पैसा पठाउने प्रयोजनका लागि खाता खोलेका छन् ।  एनआईसी एशिया बैंकको तथ्यांकलाई समेत तुलना गरेर हेर्दा बैंक खाता हुने सक्रिय जनसंख्याको झण्डै २५ प्रतिशत नागरिक एनआइसी एशियाका ग्राहक रहेको देखिन्छ ।

टोलैपिच्छे एटीएम

एटीएम सबैभन्दा बढी भएको बैंक पनि एन आई सी एशिया बैंक नै भएको छ । एनआईसी एशिया बैंकका एटीएमको संख्या ४७३ पुगेको छ ।
जहाँबाट ग्राहकले सुविधा लिइरहेका छन् । त्यसैले एनआईसी एशिया बैंकका ग्राहकले टोलैपिच्छे एटीएम हुँदा थप सहज भएको महसुस गर्दै आएका छन् । एन आई सी एशिया बैंकको शाखा संजाल र एटिएम बुथहरुको संख्या हेर्ने हो भने शहरहरुमा त ग्राहकले आफ्नै टोलमा एनआईसी एशिया बैंक पाउने गरेका छन् । घरनजिकै भएकै कारणले पनि धेरैले एन आई सी एशियाको सेवा लिने गरेका छन् ।

अझ पछिल्लो समय सार्वजनिक भएको सर्वश्रेष्ठ बचत खातामा त एटिएमबाट पैसा निकाल्दा कुनै पनि पैसा नलाग्ने र त्यसमा पनि अन्य बैंकको एटिएमबाट पैसा निकाल्दासमेत अतिरिक्त पैसा नलाग्ने हुँदा ग्राहकहरु एनआईसी एशिया नै रोजिरहेका छन् । शहरमा सबैजसो नागरिकहरु एन आई सी एशियामा एउटा खाता चाहिँ हुनुपर्छ भन्ने तथ्यमा पुगेका छन् ।

अझ सेयर बजारमा लगानी गर्नेहरुका लागि त एन आई सी एशियाले डिम्याट खाता र मेरो सेयरको नवीकरण शुल्क पनि निःशुल्क गरिदिएकाले ग्राहकका लागि यो बैंक फाइदाजनक हुँदै गर्दा ग्राहकहरु यो बैंकतर्फ आकर्षित भएका छन् । गाउँबस्तामा पनि एनआईसी एशिया बैंक धेरै ठाउँमा लिडर बन्न सफल भएको छ । केन्द्रीय तथ्यांक विभागकै जनगणनाको नतिजा हेर्ने हो भने पनि कतिपय ठाउँमा नागरिकको

बसोबास धेरै कम छ । र सो कम जनसंख्या भएका ठाउँमध्ये कतिपय ठाउँमा एन आई सी एशियामात्र बैंक पुगेको छ । एन आई सी एशियाले विकट बस्तीदेखि सुगम ठाउँहरुमा पनि लिडर भएर ग्राहकहरुलाई सेवा सुविधा दिइरहेको छ ।

बढ्दो ग्राहक संख्या

यसो त सातै प्रदेशमा एन आई सी एशिया बैंकको ग्राहक संख्यादर दिनानुदिन बढिरहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने केन्द्रीय तथ्यांक विभागले जनगणना सुरु गरेदेखि आजको दिनसम्म आइपुग्दा पनि एनआईसी एशियाको ग्राहक उल्लेखनीय वृद्धि देखिएको छ । प्रदेश नम्बर १, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बैंकका ग्राहकहरुको वृद्धिको ग्राफ ठुलै छ । यसले पनि सक्रिय जनसंख्याको ठुलो हिस्सा अझै एन आई सी एशियाको ग्राहक बनिरहेको छ ।

अहिले धेरै नागरिकहरु बैंकिङ पहुँचमा पुग्ने क्रमसमेत जारी छ । ठुलो संख्यामा विद्यार्थीहरु सेयर बजारमा लागिरहेका छन्, जसका लागि पनि बैंक खाता खाल्ने क्रम जारी छ । एन आई सी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाताले दिएका सुविधाहरु हेरेर नयाँ ग्राहकहरु एन आई सी एशियातर्फ नै आकर्षित भएको देखिन्छ ।

डिजिटल बैंकिङ्गमा पनि अब्बल

एन आई सी एशिया बैंक लि.ले हाल डिजिटल फष्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिँदै आएको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेको हो ।

बैंकले डिजिटल पूर्वाधारमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकाले आर्थिक वर्ष २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई अगाडि बढिरहेको छ । डिजिटल कारोबार र भौतिक कारोबारको मिश्रण नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक उच्च रहेको बैंकले दाबी गर्दै आएको छ । बैंकले नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

यसैबीच बैंकले हालै डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि एनआइसी एशिया मोबाइल बैंकिङ्ग एप, वेभसाइड, आइ सर्भिस तथा इन्टरनेट बैंकिङमा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

यससुविधा मार्फत यस बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआएसी एशिया मोबाइल बैंकिङ्ग एप, आइ सर्भिस, वेभसाइड तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् ।