June 23rd, 2022

सफलता प्राप्तिका महत्वपूर्ण तीन आधारहरु :

मधुसुदन पोख्रेल

विश्व विद्यालयको एउटा स्नातक कक्षामा एकजना प्रध्यापकले असाधारण किसिमले आपूmले के गरिरहेको कुनै कुरा वर्णन नगरी होसियारीपूर्वक एउटा काँचको घडा आफ्नो डेस्कमाथि राखे । त्यसपछि सबै विद्यार्थीहरूले देख्ने गरी एउटा झोलामा ढुङ्गाहरू ल्याई एक एक झिकी नभरुञ्जेल घडाभित्र राखे । त्यस पछि उनले विद्यार्थीहरूलाई प्रश्न सोधे के घडा भरियो ? घडा भरियो विद्यार्थीहरूले जवाफ जवाफ दिए ।

प्रध्यापक मुसुक्क हाँसे र डेस्कमुनिबाट अर्को झोला निकाले । यो झोला रोडाले भरिएको थियो । त्यसपछि उनले घडाभित्र भएका साना र ठूला ढुङ्गाहरू हल्लाएर अटाउने गरी रोडाले भरी दोस्रो पल्ट उसले विद्यार्थीहरूलाई सोधे के घडा भरिएको छ ? अहँ भरिएको छैन विद्यार्थीहरूले उत्तर दिए । तिनीहरूले वास्तवमा ठिक बोले किनभने प्रध्यापकले मसिना बालुवाको झोला निकाले र रोडा र साना साना ढुङ्गाहरू बीचमा भएका खालि ठाउँमा बालुवा खन्याए । फेरि सोधे के घडा भरियो ? शायद छैन, प्रध्यापकलाई थाहा होला । विद्यार्थीहरूले उत्तर दिए ।

उनीहरूका उत्तरमा हाँसेर प्रध्यापकले पानीको सानो घडा ल्याए । उनले सानो सानो ढुङ्गा, रोडाका टुक्राहरू र बालुवा भएको घडामा पानी खन्याए । यसबाट जीवनमा महत्वपूर्ण पाठ सिक्न सकिने व्याख्या उनले बताए । जसरी ढुङ्गाले भरिएको घडामा रोडा, बालुवा र पानी अटाए जस्तै मानिसको जीवन पनि कुनै एक दुई कुराहरुको प्राप्तिले मात्रै भरिपूर्ण हुँदैन । मानिस जतिसुकै सफल, सक्षम, विद्वान र व्यस्त भए पनि जीवनमा थप ज्ञान, थप सफलता र थप सक्षम बन्ने चाहना सदैव रहेको हुन्छ । यसका लागि मानिस सदैव उर्जाशील, उत्प्रेरित र संघर्षशील भई अगाडी बढीरहनु पर्दछ । 

बिचार : मानसिक उर्जाको रुप

मानिस अगाडी बढ्ने एउटा महत्वपूर्ण साधन भनेको बिचार हो । बिचार मानसिक उर्जाको एउटा रुप हो । एक शक्तिशाली बिचारमा अधिक उर्जा हुन्छ यहि उर्जायूक्त बिचार नै सही कर्ममा रुपान्तरण हुन्छ । कमजोर विचारमा कम उर्जा हुन्छ । यदि बिचार सकारात्मक छ तर कमजोर छ भने त्यसलाई सकारात्मक कर्ममा बदल्ने संभावना न्यून रहन्छ ।

सकारात्मक बिचारले दृढ निश्चयता प्रबर्धनमा सहयोग गरिरहेको हुन्छ । हाम्रो विचारमा इश्र्या, घृणा, काम, क्रोध, लोभ, मोह अहंकार, द्वेष जस्ता अस्वस्थ भावनाहरु विकसित हुन्छन् भने त्यस्तो अवस्थामा सदाचार, सदविवेक र सकारात्मक सोचको विकास हुन सक्दैन । तसर्थ वाह्य परिवेश माथिको जीतले मात्र पूर्णता दिन सक्दैन आफूभित्र विद्यमान गलत, कमजोर र नकारात्मक विचार माथिको विजय नै पहिलो अपरिहार्य सर्त हो । यसका लागि सकारात्मक भावना र विश्वासको महत्वपूर्ण भूमिका हुन्छ ।

वर्तमान समयको माग यो हो कि मानिसले आफ्नो आन्तरिक शक्तिको विकास आफैबाट गर्न सक्नु पर्दछ । मानिसले जीवनको सार्थकता, मूल्य र महत्व आफ्नो जीवनमा निरन्तर आत्म विश्लेषण र परीक्षणबाट मात्र स्थापित गराउन सक्दछ किनकी कठिनाइ र समस्याहरुले जीवनको यात्रालाई कठीन बनाउ“छ तर समाधान आफैबाट खोजिनु पर्दछ । यात्रा जति कठीन नै किन नहोस असंभव पक्कै पनि हुदैन परिश्रम, धैर्यता, सहनशीलता समस्याहरुसँग भिड्न सक्ने क्षमता, चुनौतीहरुबीच पनि अवसर देख्न सक्नु व्यावसायिक जीवनका अपरिहार्य विषयहरु हुन् । जसले व्यक्तिलाई व्यवसायिक सफलता प्राप्त गर्नमा सहयोग पुग्दछ । 

संघर्ष : जीतको आधार

संघर्ष नै जीतको मुख्य आधार हो । जीवन अत्यन्तै मूल्यवान छ, तर हामीले जानेर वा नजानेर यसको अवमूल्यन गरिरहेका छौँ । हामी सबै सफल हुन चाहन्छौँ तर यसका लागि चाहिने निरन्तर अभ्यास गर्न चाहँदैनौँ । जीवनमा सफलता भनेको कुनै रोगको विरुद्ध एन्टिवायोटिक खाए जसरी प्राप्त हुँदैन । जीवनमा सफलताको शिखरमा पुगिसकेका व्यक्तिहरुले विभिन्न सूत्र एवम् पक्रियाहरु अंगालेका हुन्छन् । जसमध्ये एक महत्वपूर्ण विषय भनेको उत्साहित कर्म वा उत्प्रेरणा जगाएर गरिने संघर्ष हो । मानिसलाई कुनै पनि कार्यमा निरन्तर अघि बढ्न उत्प्रेरणाको नियमित तथा अपरिहार्य आवश्यकता हुन्छ । जसरी शरीरलाई बाँच्नका लागि नियमित पौष्टिक आहारको जरुरी हुन्छ, त्यसरी नै हाम्रो मस्तिष्कले कुनैपनि कार्य स्वतःस्फूर्त रुपमा सहीढङ्गले सम्पन्न गर्नका लागि आन्तरिक ऊर्जाको जरुरी हुन्छ । 

हामी जति आफ्नो सकारात्मक सोचलाई प्रयोगमा ल्याउँदछौं त्यतिनै हाम्रो बिचार व्यवहार, संकल्प, कर्म मजबुत हुँदै जान्छ र सकारात्मक चिन्तनको प्रयोगले बिभिन्न परिस्थितीको कारणले उत्पन्न हुन सक्ने तनाव र असहज अवस्थाको सामना गर्न सामथ्र्य बनाउँदछ । दार्शनिक इमर्शनले भनेका छन् । हामी जीवन बाँच्ने तयारी मात्र गरिरहन्छौँ तर कहिल्यै बाँच्दैनौ तर अब उत्साहजनक जीवन बाँच्ने समय हो । हामीले आफूले आफूलाई उत्प्रेरित बनाएर प्रत्येक पलको जीवन अर्थपूर्ण ढङ्गले बाँच्न सक्छौँ ।

हामी अमूल्य ज्ञान लिन्छौँ तर जीवनमा लागु गर्ने मामलामा भने थाँती राख्छौँ । हामीमा पुरानो भोलिवादी प्रवृत्ति अझै हावी छ । त्यसलाई तुरुन्त त्याग्न सक्नुपर्छ । हामी कुनै पनि कार्यको लागि अनुकुल समयको प्रतीक्षामा बस्छौँ । हामी सोच्ने गछौँ कि कुनै दिन त राम्रो समय आउँछ अनि म बद्लिनेछु र कार्य गर्न थाल्नेछु । तर बिडम्बना न त त्यो राम्रो समय कहिल्यै आउँछ न त हामी बदलिन्छौँ । असफल हुने मानिसहरु सधैँ बाहना खोज्छन् भने सफल हुने मानिसहरु चाहना पूरा गर्ने प्रतिबद्धता गर्छन् । 

प्रत्येक व्यक्ति विशेषमा एउटा निश्चित उद्देश्य, लक्ष्य या सपना रहेको हुन्छ दृढ निश्चयता सहितको समर्पण भाव र आत्म अनुशासनले परिणाम सकारात्मक बनाउन सहयोग गर्दछ । भित्री तिब्र इच्छा र दृढ संकल्पले असंभवलाई पनि संभव बनाईदिन्छ । यसै प्रसङ्गमा  एउटा मार्मिक कथा रहेको छ । कुनै दरबारमा लाखौँ खर्च गरेर एउटा कुकुर पालिएको थियो । कुकुर हृष्टपुष्ट र खाइलाग्दो थियो । एकदिन अचानक दरबारमा मृग पस्यो । त्यो मृग मार्न उक्त कुकुरले कडा मेहनत गरेर लखेट्यो तर उसले मृग मार्न सकेन मृग भाग्यो । बाहिर एउटा भुसिया कुकुरले मृगलाई देख्यो र खेदायो । अन्ततः उसले मृग मारेर खायो । यो दृश्य राजाले देखिरहेका थिए । उनले अचम्म मान्दै सोधे त्यो लाखौँ खर्च गरेर पालेको कुकुरले जाबो एउटा मृग मार्न सकेन तर बाहिरको भोको भुसिया कुकुरले मा¥र्यो ! कसरी यस्तो भयो ? दरबारको एकजना मन्त्रीले भने महाराज दरबारको कुकुरले अरुको भोकको लागि, अरुको इच्छाको लागि काम गर्दै थियो भने बाहिरको भुसिया कुकुरले आफ्नो भोकको लागि, आफ्नो तीब्र चाहनाको लागि काम गर्दै थियो । यो कथाको मर्म स्पर्शि रहेको छ । 

एउटा कुरा लक्ष्य प्राप्तिको लागि संघर्षरत रहँदा हामीमा निकै चुनौती आउन सक्छन् । त्यो बेलामा आफूले आफूलाई भनौँ कि यो मेरो परीक्षा हो म यसमा हटी होइन डटी लाग्छु । यसका लागि हामीले फरक सोच, प्रष्ट लक्ष्य र लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्ययोजना तयार गर्नु पर्दछ । अनि उक्त कार्ययोजना अनुसार नियमित रुपमा कार्य गरेमा एक दिन सफलताले हाम्रो पाउ चुम्ने छ । 

एकदिन घण्टौँसम्म ल्याबमा तल्लिन भइरहने अल्वा एडिसनको अवस्था देखेर उनकी श्रीमतीले विदाको दिन कतै घुम्न र रमाइलो गर्न जाने प्रस्ताव गरिन । श्रीमतीले यति भनिसकेपछि एडिसनले बडो गजबको जवाफ दिएका थिए रे, ‘धन्यवाद श्रीमती, कि तिमीले मेरो यत्रो ख्याल राख्यौ, ल उसोभए म ल्याबतिर गएँ रमाइलो गर्न ।’ याद राखौँ, उनको लागि काम, मनोरञ्जन सबै ल्याब थियो । त्यसैले त उनले महान आविष्कारहरु गर्न सफल भए । यसरी सफलताका लागि रुचीपूर्ण निरन्तरता नै सफलताको मुख्य आधार हो भन्ने बुझ्न सकिन्छ । 

दृढ निश्चय

दृढ निश्चयी व्यक्तिहरुमा विषम परिस्थितिलाई पनि आफ्नो अनुकुल बनाउने सामथ्र्य रहेको हुन्छ । असहज अवस्थामा पनि बोलाई, सोचाई र गराई तीनै पक्षलाई समान बनाउने व्यक्तिहरु नै यथार्थ रुपमा दृढ निश्चयी हुन् । पुुरुषार्थ हाम्रो  नियमित दायित्ववाट कदापी विमुख हुन मिल्दैन । आफ्नो क्षेत्र अनुसार कर्म अवश्य गर्नु पर्छ । परिणाम आशा गर्ने चीज होइन तर दृढ निश्चयता र सकारात्मक रुपमा गरिएको कर्मले परिणामलाई सधै सकारात्मक परिणति प्रदान गर्दछ । किनकी विजय हाम्रो अधिकार हो र सफलता निरन्तर परिश्रमको उपज हो । परिश्रमीहरु कठीन अवस्था र विभिन्न अवरोधहरुलाई सामना गर्न सक्ने अदम्य साहसले पूर्ण र दृढ संकल्पले युक्त र दृढ निश्चयी हुन्छन् ।

हामी जति आफ्नो सकारात्मक विशेषतालाई प्रयोगमा ल्याउँदछौं त्यतिनै हाम्रो विचार व्यवहार, संकल्प, कर्म मजवुत हुँदै जान्छ र हाम्रो आफ्नो क्षमता र विश्वासको दृढता बढ्दै जान्छ । हाम्रो विचार हाम्रो अनुभूति, वृत्ति, व्यवहार, व्यक्तित्व, स्वस्थ्य, सम्बन्ध र भविष्यको आधार हो । हामी हाम्रा विचारका रचनाकर्ता हौं । सकारात्मक चिन्तन व्यक्तिको  मनको यस्तो उर्जा हो जसको प्रयोगले हामी हाम्रो बैचारिक प्रणालीलाई सदैव सकारात्मकता तर्फ बदल्न सक्दछौं । सकारात्मक चिन्तनको प्रयोगले विभिन्न परिस्थिती, अवस्था, सम्बन्ध, व्यवहारको कारणले उत्पन्न हुन सक्ने तनाव र असहज अवस्थाको सामना गर्न  र दृढ निश्चयी बन्न सामथ्र्य बनाउँदछ ।

मूल्य मान्यताकोे सैद्धान्तिक धरातलमा नैतिकता सहितको हरेक कदमले एउटा व्यक्तिलाई उन्नत, परिस्कृत र पूर्ण व्यक्ति र  दिगो रुपमा रुपान्तरण गर्नमा सहयोग पु¥याउँछ । पश्चातापले दिमागमा ताप र चाप मात्रै दिन्छ, फलिफाप दिँदैन । सकारात्मक सोचका साथ सिकेका कुरा जीवनमा लागु गरौँ अनि सिक्नका निम्ति सधैँ अभिप्रेरित बनौँ । जीवन खाली घडा जस्तै हो यसलाई क्षमता अनुसार भर्न सधैं अगाडी बडौ“ । यही नै प्रध्यापकको हाँसोमा लुकेको सफलताको बाटो हो ।  अस्तु । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]