निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो


Bankingkhabar /June 21, 2022


बैंकिङ खबर/ नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ ।

गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३२.०५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

२७ बाणिज्य बैंकहरुमध्ये २१ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ६ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ७.३७ प्रतिशत रहेको छ ।

त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४९ प्रतिशतको बृद्धि भएको देखिन्छ ।

Spread the love

सोसिअल मेडिया