June 20th, 2022

बीमा कम्पनीको मर्जरपछि ३० प्रतिशत शेयर सर्वसाधारणको हुनैपर्ने

बैंकिङ खबर/ बीमा समितिले बीमा कम्पनीहरु मर्जरपछि ३० प्रतिशत सर्वसाधारणको हुनपर्ने भएको छ । बीमा कम्पनीहरुलाई मर्जर, गाभ्ने, गाभिने वा प्राप्ती गर्नका लागि शेयर स्वामित्व सम्वन्धमा नयाँ प्रावधान घोषणा गरेको हो ।

बीमा समितिको कानुन तथा नियमक महाशाखाले सम्पुर्ण बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै अब मर्जर भएका बीमा कम्पनीहरुको न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणको हुनुपर्ने व्यवस्था गरेको छ । गाभ्ने, गाभिने वा प्राप्तीका लागि सैदान्तिक सहमति लिगेका वा सैदान्तिक सहमति लिग्न इच्छुक कम्पनीहरुले कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणको हुनेगरि निर्देशन जारी गरेको हो ।

गाभ्ने गाभिने प्रकृयापछि स्थापना हुने बीमा कम्पनीको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए अनुसार नै हुनुपर्नेछ । नयाँ प्रावधानका कारण बीमा कम्पनीहरुले मर्जरको घोषणासँगै सैद्धान्तिक सहमति लिइ सकेपछि आफूखुशी मर्जर रद्ध गर्न नपाउने भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]