Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

९ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन समितिको निर्देशन

२०७९ असार ३ गते

बैंकिङ खबर/ बीमा समितिले ९ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको छ । समितिले केही समयदेखि बीमा कम्पनीहरूमा भएको क्रस होल्डिङको बारेमा अध्ययन गरेको थियो । समितिले ३ निर्जीवन बीमा कम्पनी र ६ जीवन बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको हो ।

समितिले जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, आइएमई लाइफ, एलआइसी नेपाल र रिलायबल नेपाल लाइफलाई क्रस होल्डिङ घटाउन निर्देशन दिएको हो ।

यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ भने नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सलाई क्रस होल्डिङको सीमा हटाउन निर्देशन दिएको हो ।

बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ मा एउटै लगानीकर्ताले विभिन्न कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था छ ।

समितिद्वारा जारी उक्त निर्देशिकाअनुसार एउटा लगानीकर्ता वा एकाघरका सदस्यको नाममा १५ प्रतिशतभन्दाबढी लगानी गर्न पाइदैन ।
यस्तै, एउटा कम्पनीमा १५ प्रतिशत लगानी गरेका लगानीकर्ताले उस्तै प्रकृतिको अर्को बीमा कम्पनीमा एक प्रतिशतभन्दा बढी लगानी गर्न नपाईने व्यवस्था निर्देशिकाले गरिदिएको छ ।

समितिले एउटा संस्थामा १५ प्रतिशत सेयर रहेको व्यक्ति तथा समूहको अर्को संस्थामा १ प्रतिशतभन्दा बढी भएमा त्यसलाई घटाउनका लागि २ वर्षको समय दिएको थियो । यसअघि पनि निर्देशन दिएका कम्पनीलाई पनि समितिले पुनः निर्देशन दिएको हो ।