Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सर्वेक्षण भन्छ, ‘नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक मात्रै उपयुक्त’

२०७९ असार ३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले असार मसान्तभित्रमा मर्जरमा जानका लागि निर्देशन दिएसँगै वाणिज्य बैंकहरु यतिबेला धमाधम मर्जरका लागि आन्तरिक छलफलमा जुटेका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असारभित्र मर्जरमा जानका लागि प्रक्रिया थाल्न वाणिज्य बैंकहरूका अध्यक्ष र सञ्चालकलाई निर्देशन दिनुभएको थियो ।

गभर्नर अधिकारीले यदि तोकिएको अवधिभित्र मर्जर प्रक्रिया अगाडि नबढाए कोरोनाको समयमा बैंकहरूलाई दिएको कुनै पनि सुविधा उपलब्ध नगराउने चेतावनी समेत दिनुभएको थियो । यसबीचमा बिहिबार बिहान ग्लोबल आइएई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको सम्झौता भइसकेको छ । ग्लोबल आइएई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको सम्झौताभएसंगै अन्य चार बैंक पनि चाँडै नै मर्जरमा जाने तयारीमा जुटेका छन् ।

सिभिल बैंक लिमिटेडर हिमालयन बैंक मर्जर हुने लागेका छन् भने सेञ्चुरी कमर्शियल बैंक र माछापुच्छ्रे बैंकबीच मर्जर हुने भएका हुन् । हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँगको मर्ज तोडेपछि तत्काल कुनै न कुनै वित्तीय संस्थासँग मर्जमा जानपर्ने बाध्यता रहेको छ । सोहि बाध्यता अनुसार सिभिल बैंकसँग मर्ज गर्ने अन्तिम तयारीमा पुगको बताइएको छ ।

त्यस्तै नेपाल बंगलादेश बैंकलाई नविल बैंकले प्राप्ति गरेपछि फुरि एनबी समूह जोडिएको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई समेत मर्जमा ल्याउने तयारीमा जुटेको बुझिएको छ । इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंक र सिभिल बैंकसंग मर्जर जान तरखरमा छ । गत जेठ २७ गते नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीचमर्जरमा जानको लागि सम्झौता गरेका थिए ।

१ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनका क्रममा नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने निष्कर्ष निकालेको छ । उक्त सर्भेले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने देखाएको थियो । उक्त सर्वेक्षण राष्ट्रिय वाणिज्य बैंकले यहि साता सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले अध्ययनको सर्भेको लागि कुल २३० जना छनौट गरेको थियो । जसमा १४० जना बैंक तथा वित्तीय संस्थामा आवद्द थिए भने ९० जना विज्ञहरु थिए । राष्ट्र बैंकका अनुसार १४० जनामा बैंक तथा वित्तीय संस्थाका सीइओ, डेपुटी सीइओ, कार्यबाहक सीइओ, संचालक, र अन्य उच्च ब्यबस्थापक रहेका थिए ।

सर्भेमा सहभागी भएका अधिकांशले नेपालमा हाल रहेको वाणिज्य बैंकको संख्या आवश्यकता भन्दा बढी रहेको उल्लेख गरेका छन् । बैंक तथा वित्तीय संस्थाको तर्फबाट सर्भेमा सहभागी भएका १४० जना मध्ये ८४ प्रतिशत र विज्ञ मध्ये ७८ प्रतिशतले वाणिज्य बैंकको संख्या आवश्यकता भन्दा बढी रहेको उल्लेख गरेका छन् ।

सर्भेमा सहभागी भएका मध्ये आधाले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने बताएका छन् । सर्भेमा सहभागी भएका ५ मध्ये १ जनाले बैंकको संख्या ५ देखि १० वटा हुनु पर्ने उल्लेख गरेका छन् । त्यस्तै १५ प्रतिशतले १६ देखि २० वटा बैंक उपयुक्त हुने उल्लेख गरेका छन् । बाँकि भने २० देखि २५ बैंक हुनु पर्छ भन्नेमा छन् ।

त्यस्तै बैंक वित्तीय संस्थाबाट सहभागी मध्ये ६१.४ प्रतिशतले इनसेन्टिभ दिएर मर्जर गर्नु पर्नेमा जोड दिएका छन् । त्यस्तै १८.६ प्रतिशतले स्वेछिक मर्जर हुनु पर्ने र १२.१ प्रतिशतले फोर्स मर्जर गर्नु पर्ने उल्लेख गरेका छन् । त्यस्तै सर्भेमा सहभागी मध्ये ६१ प्रतिशतले कमजोर बैंक र बलियो बैंकबीच मर्जर हुनु पर्ने उल्लेख गरेका छन् ।

Ad