
बैंकिङ खबर/ आम नेपालीहरूकाबीच प्रभु कुनै नौलो नाम होइन । नेपालमा रेमिट्यान्स भित्र्याउने कार्यमा विगत १० वर्षदेखि निरन्तर कार्यरत प्रभु मनि ट्रान्सफर र यसले पुर्याईरहेको योगदानलाई नेपालीहरूले सँधै सिरोधार्य गरिरहेका छन् । ‘जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ प्रभु’ भन्ने मुल नाराका साथ निरन्तर सेवामा समर्पीत प्रभु समूहले विभिन्न समयमा विभिन्न संघसंस्थासंग सहकार्य गर्दै जनमुखी सेवा पुर्याउँदै आईरहेको छ ।
छरपस्ट रुपमा रहेका विभिन्न सुविधाहरुलाई एउटै छातामा समेटेर जनस्तर सम्म पुर्याउनका लागि २०६९ साल असोज १० गतेका दिन प्रभु म्यानेजमेन्टको विधिवत शुभारम्भ भयो ।
आफ्नो संजालमा रहेको सम्बन्धलाई अझ प्रभावकारी रुपमा अघि बढाउनको लागि प्रभु म्यानेजमेन्टले एउटै छानामुनि सम्पुर्ण अन्तर्राष्टिय रिमिट्यान्स भुक्तानी सुविधाका साथै एन.टि.सि., एन.सेल. को मोबाइल रिचार्ज सुविधा, डिस होम र एडिएसएलको बिल भुक्तानि सुविधा उपलब्ध गराउँदै आएको छ ।
अर्कोतर्फ प्रभु म्यानेजमेन्टले सामाजिक कार्यमा पनि आफूलाई सक्रिय गराउँदै गराउँदै लगेको छ । विभिन्न समयमा रक्तदानदेखि अन्य सामाजिक सहयोगमा यसको योगदान उल्लेखनिय रहेको छ ।
यसैबीच प्रभु म्यानेजमेन्टले अपांगता भएका व्यक्तिहरुलाई पनि रोजगारी दिन सफल भएको छ । प्रभु म्यानेजमेन्टले अहिले १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी दिइरहेको छ । निकट भविष्यमा अझ केही व्यक्तिलाई रोजगारीको व्यवस्था गर्ने प्रभु म्यानेजमेन्टले जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी पाएसँगै उनीहरुको जीवन यापनमा थप सहज भएको बताएका छन् ।
प्रभुले दियो खुशी

भक्तपुरकी लक्ष्मीस्वरी लोहार अहिले प्रभु म्यानेजमेन्टसँग जोडिएर काम गर्न पाउँदा दंग हुनुहुन्छ । उमेरले पाँच दशक पुग्नुभएकी लोहारको दुबै खुट्टामा समस्या छ । ह्वील र मोपेड नै यात्राका सारथी हुन् तर अहिले लक्ष्मीको अर्काे सारथी बनेको छ, प्रभु म्यानेजमेन्ट । प्रभुमा काम गर्न थालेको तीन महिना मात्रै भयो । काम गर्न थालेपछि लक्ष्मीको मनमा खुशी छाएको छ ।
२०-२२ वर्षदेखि निरन्तर काम गरिरहेको संस्था कोरोना महामारीका कारण समस्यामा पर्यो । संस्थाको समस्यासँगै लक्ष्मीको काम पनि बिदा भयो । त्यसपछि घरमै बस्नुपर्ने बाध्यता आइलाग्यो ।
लक्ष्मीलाई घरमा यत्तिकै बसिरहन मन लाग्दैन । घरमा बसिरहँदा मनमा धेरै कुराहरु खेल्ने भएकाले पनि घरमा बस्न मन नलाग्ने लक्ष्मी सुनाउनुहुन्छ । प्रभु म्यानेजमेन्टको डिजिटल भुक्तानीबारे खासै जानकार नरहेकी लक्ष्मीलाई त्यही प्रभुमा काम गर्ने अवसर मिल्यो । सुरुवातका केही दिन काम गर्न निकै असहज बन्यो । तर अहिले काम गर्न निकै सहज वातावरण बनेको उहाँ बताउनुहुन्छ ।
सेवाग्राहीले दिनहुँ विभिन्न समस्या सुनाउँछन् । उनीहरुको समस्यालाई सहजै समाधान गर्दिनुपर्ने लक्ष्मीको आजभोली दैनिकी बनेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई दया, माया भन्दा पनि अवसरको खाँचो छ । अवसर पाएमा जस्तो सुकै काम पनि गर्न सक्ने लक्ष्मीको विश्वास छ । प्रभु म्यानेजमेन्टले त्यो अवसर दिएकोमा लक्ष्मीको मन नै फुरुङ्ग छ ।
‘ प्रभुले पुण्यको काम गरेको छ’

जोरपाटी बस्ने सावित्रा राई पनि प्रभु म्यानेजमेन्टमै आवद्ध हुनुहुन्छ । उहाँ पनि प्रभुमा जोडिएको धेरै भएको छैन । केवल तीन महिना मात्र भयो । सावित्राको पनि खुट्टामा समस्या छ । स्कुटर चढेर घर–अफिस गर्नुहुन्छ ।
पहिलो पटक काम सुरु गर्नुभएकी सावित्रालाई दुई हप्तासम्म काम गर्न निकै समस्या भएको थियो । तर अहिले काम निकै सहज बनेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई कामको अवसर दिएर प्रभुले पुण्यको काम गरेको सावित्राको भनाइ छ ।
‘प्रभुले निकै राम्रो अवसर दियो’

भक्तपुर बस्ने सुनिता दुवालको बायाँ खुट्टा राम्रोसँग चल्दैन । १४ महिनाको हुँदा खुट्टामा पोलियो देखियो । पोलियोको उपचार सम्भव नहुने भएकाले सुनिताको खुट्टा राम्रोसँग नचल्ने भयो ।
स्नातकसम्मको अध्ययन सक्नुभएकी सुनिता कामका लागि भक्तपुर–काठमाडौं गर्नुपर्ने बाध्यता छ । ‘सुरुमा यो प्रभु पे एप्स भन्ने नै मलाई थाहा थिएन । जब म यहाँ काम गर्न आएँ । त्यसपछि मात्रै प्रभु वालेट भन्ने जानकारी भयो’ सुनिता भन्नुहुन्छ ।
प्रभु पे सम्बन्धी समस्या सुनाउँदै कल गर्ने धेरैको समस्या सुनिताले समाधान गर्दै आउनुभएको छ ।
प्रभुमा काम गर्दा धरै खुसी लागेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘प्रभुले हाम्रो लागि निकै राम्रो अवसर दिएको छ, प्रोजेक्टको काम सकाएर घरमा खाली बस्नु परेको थियो । अहिले काम गर्न पाउँदा निकै खुसी छु । शारिरिक क्षमता भन्दा पनि बौद्धिकताको मुल्यांकन गरेर प्रभुले काम गर्ने अवसर दिएकोमा आभारी छु ।’
‘प्रभुमा काम गर्न पाउँदा दंग छु’

उमेरले चार दशक पार गरिसक्नु भएकी सावित्री श्रेष्ठ पनि अपांग हुनुहुन्छ । उहाँको खुट्टामा पोलियोका कारण समस्या देखिएको छ । मास्टर्ससम्मको अध्ययन गर्नुभएकी सावित्रीले प्रभुमा आउनुभन्दा अगाडि केही एनजीओ आइएनजीओमा काम गर्नुभएको थियो । त्यसपछि उहाँ अहिले प्रभु म्यानेजमेन्टसँग जोडिन आउनुभएको छ । प्रभुमा काम गर्न पाउँदा आफुलाई खुसी लागेको उहाँ बताउनुहुन्छ ।
नेपालमै पहिलो पटक ‘अपांगमैत्री वालेट’

‘प्रभु पे’ले अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा हुने गरी नेपालमै पहिलो पटक ‘अपांगमैत्री वालेट’ सेवा सञ्चालन गर्दै आएको छ । प्रभु टेक्नोलोजीले दृष्टिविहीनहरूले पनि सहज रूपमा चलाउन सक्ने विद्युतीय भुक्तानी सुविधा दिएको छ । एन्ड्रोइड मोबाइलमा बोल्ने प्रविधि (मोबाइलमा ‘टक ब्याक’ र कम्प्युटरमा ‘एनभिडिए’) सहायताले डिजिटल प्रणालीको सहजै प्रयोग गर्न सक्छन् ।
स्मार्ट फोन प्रयोगकर्ताका लागि मात्र नभएर प्रभु पेले बार फोन प्रयोगकर्ताका लागि समेत यो सुविधा दिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूले प्रभु पे मोबाइल वालेटको केवाइसी भर्दा अपाङ्गता परिचयपत्र पनि राख्नुपर्छ । प्रभु पेले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक कारोबारमा क्यासब्याकमा पनि विशेष सुविधा दिएको छ ।
सय रूपैयाँको रिचार्ज गर्दा सामान्यतया दुई रूपैयाँ क्यासब्याक आउँछ भने अपाङ्गता भएका व्यक्तिले सोही कारोबारबापत दुई रूपैयाँ पचार पैसा क्यासब्याक पाउँछन् । प्रभु पे मोबाइल वालेट चलाउँदा दृष्टिविहीनहरूले पनि टक ब्याकको सहायताले सजिलै चलाउन सक्छन् ।
नेपालमा निजीस्तरको कम्पनीले पहिलोपटक अपाङ्गता भएका व्यक्ति नै कर्मचारी राखी अपाङ्गता भएका व्यक्तिहरूलाई विद्युतीय सेवा प्रदान गर्दै आएको छ । प्रभु पेको यो सेवा अपाङ्गता भएका व्यक्तिको पनि सहज पहुँचमा छ ।
यसमा केवाइसी अपडेट पनि आफैँ गर्न सकिन्छ । अन्य कारोबारका लागि पनि कसैको सहायता लिनुपर्दैन । हरेक कारोबारमा फाइदा पनि छ । त्यसैले अपाङ्गता भएका व्यक्तिका लागि यही सेवा उपयोगी बन्दै आएको छ ।
बढ्दो प्रयोगकर्ता

पछिल्लो समय अपाङ्गमैत्री वालेटका प्रयोगकता बढ्दै गएको कम्पनीले जनाएको छ । एप डाउनलोड गर्नेको संख्या सात लाख नाघेको छ । यो एपले गर्दा अपाङ्गता भएका व्यक्तिले बैंकसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।