मौद्रिक नीतिमा लघुवित्त संघको १० बुँदे सुझाव


Bankingkhabar /June 16, 2022

बैंकिङ खबर/ आगामी मौद्रिक नीति २०७९/८० को लागि लघुवित्त संघ नेपालले १० बुँदे सुझाव पेश गरेको छ । लघुवित्तका संचालकहरु आवद्द संघले आगामी आर्थिक बर्षको लागि मौद्रिक नीतिमा लघुवित्त क्षेत्रको सुधार गर्न विभिन्न १० बुँदे सुझाव पेश गरेको हो ।

सुझावमा लघुवित्त कम्पनीले आवश्यकताका आधारमा हकप्रद र ऋणपत्र निष्काशन गर्न पाउनु पर्ने, लघुवित्तले संचय कोष, नागरिक लगनी कोष, सामाजिक सुरक्षा कोष जस्ता संस्थाबाट ऋण लिन पाउनु पर्ने, सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थामार्फत संचालन गर्नु पर्ने लगायतका विषयलाई राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्बोध गर्नुपर्ने उल्लेख छ ।

Spread the love

सोसिअल मेडिया