June 14th, 2022

महुली लघुवित्त वित्तीय संस्थाद्वारा देशभर वृक्षारोपण

बैंकिङ खबर/ महुली लघुवित्त वित्तीय संस्थाले दशेभर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जेठ ३० गते सोमबार नवौँ वर्ष पुरा गरी दशौँ वर्षमा प्रवेश गरेकोे अवसरमा महुलीले सातै प्रदेशमा रहेको आफ्ना शाखा कार्यालयहरुमार्फत वृक्षारोपण गरेको हो ।

संस्थाको पञ्चवर्षीय योजना अन्तरगत वातावरण संरक्षण तथा कार्वन उत्सर्जन न्यूनीकरणको लागि विभिन्न प्रजातीका १ हजार ५ सय भन्दाबढि विरुवाहरु रोपिएको महुली लघुवित्तले जनाएको छ ।

स्थानीय निकायका नवनिर्वाचित जनप्रतिनिधहरु, स्थानीय प्रशासन, वन उपभोक्ता समितिका सदस्यहरु, संस्थामा अवद्ध सदस्यहरु र संस्थामा कार्यरत कर्मचारीहरुको सहभागीतामा देशभरीका विभिन्न विद्यालय परिसर, मठमन्दिर आसपास, सार्वजनिक स्थानहरु र सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरिएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले सम्पूर्ण जिवजन्तु, समाज र विश्व वातावरणलाई नै प्रत्यक्ष सकरात्मक प्रभाव पार्ने वृक्षारोपण कार्यक्रम हरेक वर्ष गरिने जानकारी दिनुभयो ।

यस्तै, संस्थाका अध्यक्ष प्रभुनारायण चौधरी तथा विद्यालय प्रशासनको उपस्थितिमा सप्तरीको विष्णुपुर गाँउपालिका वडा नं. ६, गोरगामस्थित रुद्र माध्यामिक विद्यालयमा ६ लाख बराबरको खानेपानी तथा आधुनिक शौचालय निमार्ण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष चौधरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरिएको शौचालय र खानेपानीले विद्यार्थी तथा उनीहरुको परिवारलाई स्वस्थ रहन मद्दत पुग्ने बताउनुभयो । आगामी दिनहरुमा पनि निरन्तर सामाजिक कार्य रहेको अध्यक्ष चौधरीको भनाइ थियो ।

वार्षिक उत्सवकै अवसरमा केन्द्रीय कार्यालय रहेको सप्तरीको अग्नीसरवण–६, वडा कार्यालयलाई फोहोर व्यवस्थापनको लागि २० वटा डस्टवीन उपलब्ध गराएको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको महुलीले सातै प्रदेशका ३४ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत ७७ हजार सदस्यहरुलाई प्रत्यक्ष लघुवित्त सेवा प्रवाह गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]