लक्ष्मी लघुवित्तका ग्राहक सदस्यहरुलाई सीप विकास तालिम


Bankingkhabar /June 13, 2022

बैंकिङ खबर/ लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौं जिल्लाको मुख्य शाखामा आवद्ध ग्राहकहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ ।

उक्त तालिम २०७९ जेष्ठ २८ र २९ गतेगरी २ दिनसम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २५ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो ।

तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै संस्थाका नायव महाप्रबन्धक सुन्दर प्रसाद श्रेष्ठले तालिमलाई तालिममा मात्र सिमित नराखी आफ्नो सीप र क्षमतालाई व्यवहारमा उतार्दै सफल उद्यमी बनी अन्य सदस्यहरुलाई पनि उद्यमशिलताप्रति प्ररेणाको स्रोत बन्नुपर्ने बताउनु भएको थियो ।

Spread the love

सोसिअल मेडिया