
बैंकिङ खबर/ सूर्या लाइफइन्स्योरेन्सले बागमति प्रदेश स्तरिय विजनेस बिल्डिङ्ग सेमिनार एक भव्य समारोहको आयोजना गरी करिब ३०० भन्दा बढी अभिकर्ताहरु माझ सम्पन्न गरेको छ । बागमति प्रदेश प्रमुख शुशिल चापागाईंको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गर्नु भएको थियो ।
कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ्ग प्रमुख प्रमोद सापकोटालगायत पेशागत अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङको अतिथ्य रहेको थियो । उक्त कार्यक्रमा जीवन बीमाको अभिन्न अङ्गको रुपमा मानिने बागमति प्रदेशका अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो ।
कार्यक्रममा २०२३ को एमडिआरटिहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमति प्रदेश अन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बीमा शुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साथै देशैभरीबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो । लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जित्न सफल हुनुभएको थियो ।
जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले “मेरो पहिलो पोलिसी”अभियान सुरु गरेको छ । जसअन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस् भन्ने कामना सहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । उक्त भव्य समारोहमा विजेता सम्पुर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चिनो र पुरस्कार वितरण गर्नुभएको थियो ।
बागमति प्रदेश प्रमुख शुशिल चापागाईं, बरिष्ठ सहायक महा प्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था,चुनौति र समाधानका साथै मार्केटिङ्ग सम्बन्धि तालिमहरु दिनुभएको थियो । प्रमुखकार्यकारी अधिकृत पवनकुमार खड्काले कुनै पनि व्यावसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपुर्ण मन्त्र रहेको कुरा जानकारी गराउनु भयो ।
उक्त कार्यक्रमबाट आफुले गरिरहेको भन्दा पृथक मार्केटिङ्ग टेक्निक र ज्ञान हासिल गरेको र यसले आगामी दिनमा व्यवसाय वृद्धिको लागि थप उर्जा र उत्साह मिलेको कुरा त्यहाँ उपस्थित अभिकर्ताहरुले बताउनुभयो ।




