June 13th, 2022

जाल्पा सामुदायिक लुघवित्तद्धारा लेखापरीक्षक नियुक्त

बैंकिङ खबर/ जाल्पा सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखापरिक्षणको कार्य गर्न लेखापरिक्षक नियुक्त गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकमा एनएस एण्ड एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स अनामनगर काठमाडौंलाई नियुक्त गरेको हो ।

साथै कम्पनीले उक्त आर्थिक वर्षको लेखापरीक्षण कार्य गरे वापत भ्याट सहित ३ लाख ३९ हजार रुपैयाँ पारिश्रमिक प्रदान गर्ने र लेखापरिक्षणको सिलसिलामा आतेजाते यातायात खर्च, बास खर्च, खाना नास्ता खर्च यर्थात बिलको आधारमा भुक्तानी हुने जानकारी गराएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]