Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

यूनाइटेड इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ नियुक्त

२०७९ जेष्ठ २७ गते

बैंकिङ खबर/ यूनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा रवि भक्त श्रेष्ठ नियुक्त हुनुभएको छ । उहाँलाई जेठ २३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यबाट संचालक समितिको अध्यक्षमा चयन गरिएको हो ।

बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम मिति जेठ २६ गते नवनिर्वाचित अध्यक्ष रवि भक्त श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।

सो पश्चात कम्पनीको केन्द्रीय कार्यालयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष रवि भक्त श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ गर्नुभएको हो ।