
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को दश महिनाको तथ्यांक सार्वजनिक गरेको छ । जस अन्तर्गत वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ ।
आयात २८.० प्रतिशतले, निर्यात ५९.८ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ०.२ प्रतिशतले बढेको र अमेरिकी डलरमा १.६ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.२८८ अर्ब ५० करोडलेघाटामा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.९०८ अर्ब ८६ करोड र राजस्व परिचालन रु.८६५ अर्ब ७० करोड रहेकोछ । विस्तृत मुद्राप्रदाय ३.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १६.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् पूर्णपाठ




