Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्वारा केराउ, सुपारी लगायत यी वस्तुको आयातमा थप कडाई

२०७९ जेष्ठ २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले केराउ, सुपारी, मरिच र छोकडाको आयातमा थप कडाई गरेको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै उद्योगले औद्योगिक प्रायोजनको लागि यी वस्तु आयात गर्दा पनि अनिवार्य रुपमा नगद मार्जिन राख्नु पर्ने ब्यवस्था गरेको हो ।

नेपाल सरकारले नेपाल राजपत्रमा फागुन २६ गते सूचन प्रकाशन गरेर केराउ, सुपारी र मरिच औद्योगिक प्रयोजनको लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफै आयात गर्न सक्ने गरि आयात खुलाएको थियो । त्यस अघि यी वस्तुको आयात बन्द गरिएको थियो ।

तर अब राष्ट्र बैंकले उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैले यी वस्तु आयात गर्दा पनि नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको हो। राष्ट्र बैंकले औद्योगिक प्रयोगमा उपयोग हुने सुपारी, केराउ, मरिच र छोकडामा विदेशी मुद्रा सटहीको सुविधा दिन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।