
बैंकिङ खबर/ महिला लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फेरि कृष्णप्रसाद न्यौपानेले निरन्तरता पाउनुभएको छ ।
लघुवित्तको यही २४ मा बसेको सञ्चालक समितिको बैठकले दोस्रो कार्यकालको लागि सीईओ नियुक्त गरेको हो।
कम्पनीका अनुसार उनले असार १ देखि दोस्रो कार्यकाल सुरु हुनेछ। उनलाई करारमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।



