Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अध्ययन गर्न समिति गठन

२०७९ जेष्ठ २६ गते

बैंकिङ खबर/ सरकारले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अध्ययन गर्न गठन गरेको छ । कोरोना बीमा दाबी भुक्तानीका लागि अर्थमन्त्रालयले तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

समितिमा अर्थमन्त्रालयका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख रमेशकुमार केसीको संयोजकत्वमा राजस्व महाशाखा प्रमुख भूपाल बराल र बजेट महाशाखाका प्रमुख चक्रबहादुर बुढा रहनुभएको छ ।

अध्ययन समितिले कोरोना बीमा दाबी भुक्तानीको कार्य प्रगति, स्रोत व्यवस्थापन लगायत विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउने समितिले जनाएको छ ।

समितिले पेश गरेको प्रतिवेदनको आधारमा अर्थमन्त्रालयले रकम निकासा गर्नेछ । कोरोना बीमा दाबी भुक्तानी कसरी गर्ने भन्ने विषयमा दैनिक छलफल हुनेछ । अझै कोरोना बीमावापत साढे ११ अर्ब रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।