
बैंकिङ खबर/ मेटलाइफ नेपालले आफ्ना शीर्ष एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ । मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवालगायत मेटलाइफ एसिया वितरणका एजेन्सी उपाध्यक्ष मारवन मटारको पनि उपस्थिति थियो ।
कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरूका साथै देश भरका योग्य एजेन्सी प्रबन्धकहरू, युनिट प्रबन्धकहरू र फिलड प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा गत वर्षका ३०० भन्दा बढी उत्कृष्ट प्रतिनिधिको सहभागिता रहेको थियो र ९ विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो ।
सन् २००३ देखि मेटलाइफले आफ्ना शीर्ष प्रतिनिधिहरूलाई सम्मानित गर्दै आएका छन्, साथसाथै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तथा तालिम प्रदान गरी उनीहरूको बीमा क्षेत्रमा उज्ज्वल भविष्य सुनिस्चित गर्दै आएका छन् ।
प्राविधिक विकास र डिजिटलाइजेसन प्रक्रियाहरूमा अनुकूलन गर्दै, मेटलाइफ नेपालले भर्खरैमात्र नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बिमा सल्लाहकारहरू भर्ना गर्नको लागि मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म सुरु गरेको छ। डिजिटल सेल्स सोलुसन, ग्राहक सेवा एप र अनलाइन प्रिमियम भुक्तानी सेवाहरू पहिले नै सञ्चालन हुँदै आएको छ र मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसनमार्फत एजेन्सी नेटवर्क बढाउने योजना रहेको छ ।
मेटलाइफ नेपालका बारेमा
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ ९समूह बीमा० जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।
मेटलाइफको बारेमा
मेटलाइफ इन्कले आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनी मेटलाइफका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरूलाई अघि सहज रूपमा अघि बढ्न विभिन्न बिमा योजनाहरू, वार्षिक योजनाहरू, कर्मचारी लाभ योजनाहरू तथा सम्पत्ति व्यवस्थापन योजनाहरू प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरू मध्ये एक हो ।
सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, युरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ । अधिक जानकारीका लागि www.metlife.com मा जानुहोस् ।




