June 8th, 2022

डिप्रोक्स लघुवित्तमा खुल्यो जागिर, यसरी दिन सकिन्छ आवेदन

बैंकिङ खबर/ डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । लघुवित्तले कनिष्ठ कार्यक्रम सहायक पदका लागि ५० जना कर्मचारी मागेको हो ।

सहायक श्रेणीका लागि ५० जना कर्मचारी आवश्यक रहेको लघुवित्तले जनाएको छ । मान्यता प्राप्त शिक्षक संस्था तथा बोर्डबाट न्यूनतम एसएससी अर्थात् एसईई वा सो सरहको परिक्षा उतीर्ण गरेको हुनुपर्नेछ । नेपाल बाहिरको शैक्षिक संस्थाबाट प्रमाणपत्र भए पेश गर्न आग्रह लघुवित्तले गरेको छ ।

लिखित र मौखिक दुवै किसिमका परिक्षा हुने छ भने लिखित परिक्षामा सामेल हुँदा ३ सय रुपैयाँ परिक्षा दस्तुर बुझाउनुपर्नेछ । इच्छुक रहेका आवेदनकले आजदेखि १५ दिनभित्र अर्थात् असार ८ गतेभित्र निवेदन पेश गर्नुपर्नेछ ।

दरखास्त फारम लघुवित्तको वेवसाइटमा गएर डाउनलोड गर्न सकिन्छ । निवेदन दिन भने लघुवित्तको कर्पोरेट कार्यालय सितापइला काठमाडौं वा इमेल  [email protected]  मा पेश गर्न सकिनेछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]