
बैंकिङ खबर/ सेयर बजारका समस्या समाधान गर्न अर्थमन्त्रालयको अग्रसतामा ४ सदस्यीय समिति गठन भएको छ । बुधबार अर्थमन्त्रालयमा बसेको राष्ट्र बैकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष र अर्थमन्त्रालयका अधिकारीहरूसहितमा बैठकले ४ सदस्य रहेको समिति गठन गरेको हो । उक्त समितिले पुँजी बजारको समस्या अध्ययन गर्ने र समितिको सिफारिसमा आवश्यक कार्य अगाडि बढाउने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो ।
समितिले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आउनु अगाडि नै समाधानका उपायसमेत समेटेर प्रतिवेदन दिनेछ । मन्त्रालयका अनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशकलाई संयोजक तोकिएको छ । बोर्डकै एक प्रतिनिधिलाई सदस्य सचिव बनाउँदै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट एक/एक जना प्रतिनिधि रहनेछन् । अब अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले आफ्ना प्रतिनिधि तोकेसँगै समितिले काम थाल्ने भएको छ ।