
बैंकिङ खबर/ सबैको लघुवित्तले संस्थाका आफ्ना ३२ जना ग्राहक सदस्यहरुलाई जेष्ठ २० गतेदेखि २२ गतेसम्म सर्लाहीको कौडेना नगरपालिका–३, कौडेनामा “ब्यवसायिक पशुपालन तालिम” सम्पन्न गरेको छ ।
संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठका अनुसार यस तालिममा प्रशिक्षक जय प्रकाश यादव, राज किशोर यादव, शंकर साह, पवन कुमार श्रेष्ठ, दिप कुमार चौधरी, सुजित कुमार गुप्ता रहनु भएकाे थियाे ।
पशुपंक्षीको परिचय तथा महत्व, गोठ तथा आहार ब्यवस्थापन, पशुपंक्षीको उन्नत जात बारे जानकारी तथा प्रजनन ब्यवस्थापन, गर्भीनी, बच्चा ब्याएपछिको ब्यवस्थापन, परजिवि पशु स्वास्थ्य ब्यवस्थापन (सैद्धान्तिक र ब्यवहारिक), दाना बनाउने तरिका, संक्रमित तथा असंक्रमित रोगको जानकारी, उन्नत घाँसको खेती र त्यसको फाईदाहरु, पशुजन्य पदार्थको बजार ब्यवस्थापन, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, वित्तीय साक्षरता, ब्यवसायिक स्किमहरु आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले बताउनुभएकाे थियाे ।
संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराउनुभएकाे थियाे ।
तालिमको दोश्रो दिन तालिममा सहभागीहरुलाई गोडैता नगरपालिका—३ भगवतीपुर, जानकीटोलाका स्थानीय ब्यवसायिक कृषक जैलसिया देवीको महतो पशुपालन फर्म अवलोकन गराईएको थियो । सहभागीहरुले पशुपालन फर्ममा दैनिक २०/२० लिटर दुध दिने दुधालु भैंसी तथा दुधालु गाईको अवलोकन गरेका थिए ।
तालिममा सहभागीहरुलाई कौडेना शाखाका शाखा प्रमुख सुजित कुमार गुप्ताले स्वागत गर्दै स्वागत मन्तब्य राखेका थिए भने तालिमको उद्देश्य बारेमा संस्थाका बर्दिबास मुकामका सुपरीवेक्षण अधिकृत दिप कुमार चौधरीले प्रकाश पार्नुभएको थियो ।
यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ ।
यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेको छ । संस्थाले २०७९ बैशाख मसान्तसम्ममा ७३ हजार ६०० घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७९ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अरब ५३ करोड ३६ लाख रहेको छ भने ग्राहक सदस्यहरुको रु. १ अरब २५ करोड ९७ लाख बचत परिचालन गरेको छ ।
तालिमको मूल्याकंन गर्दै सहभागीहरु मिना देवी राय, रामपरी कुमारी साह, जितेन्द्र रायले मन्तब्य राखेका राख्नुभएको थियो । ब्यवसायिक रुपमा पशुपालन गरेमा पशुपालनबाट मनग्य फाईदा लिन सकिने रहेछ, ब्यवसायिक रुपमा पशुपालन गर्नमा यस तालिम फलदायि हुने सहभागीहरुले बताउनुभएकाे थियाे । सहभागीहरुले तालिममा सिकेका ज्ञान, सीप ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।
संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पुर्याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरी रहेको छ ।
संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दैं जाने लक्ष्य रहेको बारेमा संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराउनुभएकाे थियाे । तालिमको अन्त्यमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । तालिमको सञ्चालन सर्लाही जिल्ला स्थित कौडेना शाखाका सहायक सुरेश कुमार साहले गर्नुभएको थियो ।




