
बैंकिङ खबर/ यूनाइटेड इन्स्योरेन्स कंम्पनी (नेपाल) लिमिटेडको २८औं वार्षिक साधारण सभा आज जेठ २३ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न भएको छ । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७।७८ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको हो ।
आर्थिक वर्ष २०७८।७९ का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) तर्फबाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरुको र सर्वसाधारण शेयरधनी समुह (ख) तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको निर्वाचन मार्फत चयन गरेको हो । कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुयाउन यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने – गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरेको हो ।
कम्पनीे गत आ.व. २०७६/७७ को तुलनामा यस आ.व. २०७७÷७८ मा बीमाशुल्क आर्जन ५८ प्रतिशतले वृद्धि भई रु.१,१०,३३,०२,७६९।०५ गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७६/७७ को तुलनामा यस आ.व. २०७७/७८ मा कम्पनीको नाफामा ५ सय प्रतिशत भन्दा बढिले वृद्धि भई रु.१०,५२,९८,८८७।२८ भएको छ ।
साथै आ.व. २०७७/७८ को तेस्रो त्रैमासिक अवधि सम्मको तुलनामा आ.व. २०७८/७९ को सोहि अवधि सम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन ३८ प्रतिशत भन्दा बढीले वृद्धि भई रु.१,२५,५१,१८,०७०।२८) भएको छ । त्यसैगरी सोही अवधिमा खुद नाफा आर्जन ९८ प्रतिशत भन्दा बढिले वृद्धि भएको तथा प्रतिशेयर आयमा ९८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
कम्पनी बीमाशुल्क आर्जनका हिसाबले स्थापना कालदेखि पहिलो पटक एक अर्ब क्लबमा प्रवेश गरेको छ साथै, यस आ.व २०७७/७८ को प्रगतिको मूल्यांकन बमोजिम भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेकोे एसिया स्तरको तेस्रो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१ मा नेपालबाट निर्जीवन बीमा क्षेत्रमा दिएका महत्वपूर्ण योगदानका लागि बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर अवार्डबाट यस यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. सम्मानित भएको जानकारी गराइयो हो ।




