Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेशनल लाइफद्वारा एमडीआरटी बन्न सफल अभिकर्तालाई सम्मान

२०७९ जेष्ठ २२ गते

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी बिजेता बन्न सफल अभिकर्तालाई सम्मान गरेको छ । विर्तामोडस्थित होटल किङ्ग्स्बेरिमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको कार्यक्रममा १५ जना उत्कृष्ट अभिकर्तालाई तालिम प्रदान गरेका थिए । साथै एमडीआरटी, सिओटी, टिओटी जस्ता उत्कृष्ट टाइटल कसरी हाँसिल गर्ने भन्नेबारे तालिम प्रदान गरिएको थयो ।

साथै कम्पनीका प्रमुख अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला,ब्लेजर कोट र सम्मान पत्र प्रदान गर्नुभएको थियो । भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले विभिन्न विषयमा तालिम प्रदान गर्नुभएको थियो ।