Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्स १५ औँ वर्षमा प्रवेश

२०७९ जेष्ठ २२ गते

बैंकिङ खबर/ २०६५ जेष्ठ २२ गते देखि सञ्चालनमा आएको प्राइमलाइफ इन्स्योरेन्स कम्पनी आज १४ औं वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत सहयोग स्वरुप अति सिमान्तकृत बर्गमा पर्ने सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं १ (मैवाही) रोव स्थित घर संख्या २८ रहेको मुसहर जातीको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोहि गाउँपालिकाका लतियाही मधुवनी स्थित घर संख्या २५ रहेको मुसहर जातीको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाइ दुबै स्थानमा भाडा कुडा हस्तान्तरण गरेको हो ।

जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापीत गरी सवल शुरुवात संगसंगै सबल संरचनायुक्त व्यवसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफ्नो परिचय दिन कम्पनी सफल विश्वास लिइएको छ । कम्पनीले अझ उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने हौसला प्राप्त भएको र भविश्यमा थप बढि उत्तरदायी तथा व्यवसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्न कम्पनी सक्षम हुने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीको चूक्ता पूँजी २७८ करोड, जीवन बीमा कोष १७६३ करोड, कुल बीमाशुल्क २६०४ करोड, जारी गरेको कुल बीमालेख संख्या १,७५९,३४४ रुपैयाँ र लगानी १८.३४ करोड रुपैयाँ रहेको छ । कम्पनीले आव २०७२/०७३ मा २५ प्रतिशत, आव २०७३/०७४ मा १२.५० प्रतिशत, आव २०७४/०७५ मा १२.५० प्रतिशत, आव २०७५।०७६ मा १५ प्रतिशत, आव २०७६/०७७ मा १२.५० प्रतिशत र आव २०७७/०७८ मा १५ प्रतिशत लाभांश वितरण गरेको छ ।

बीमितहरुको समय सापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्रार्थमिकता दिंदै आइरहेका कम्पनीले प्रत्येक वर्षजसो नविनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सक्नेछन । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ ।

हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ । शुरु देखि नै छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरुको थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिष्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउँदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराउनुभयो । ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको यस कम्पनीले यो सेवा संगै ग्राहकहरुको कार्यमा थप सहज भई निजहरुको सन्तुष्टि बढ्ने विश्वास गरेको छ । यस कम्पनीले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।