Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

छिमेक लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

२०७९ जेष्ठ २२ गते

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कम्पनीको विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले सहायक चतुर्थ तह अन्तर्गको सहायक इकाई प्रबन्धकमा केही संख्यामा, अधिकृत सातौं तह अन्तर्गत दुई किसिमका सहायक अधिकृत केही संख्यामा र अर्को सहायक अधिकृत एक जना कर्मचारीको लागि रोजगारी खुलाएको हो । कम्पनीले सहायक प्रबन्धका लागि एसईई देखि सहायक अधिकृत लेभलका लागि सीए उत्तीर्ण, बीबीए।एमबीए र कानुन विषयमा स्नताक तह उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार १२ गतेभित्र कम्पनीको वेबसाइट https://www.chhimekbank.org/career/मार्फत आवेदन दिन सक्नेछन् ।