Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक तथा वित्तीय संस्था निरंकुश तरिकाले नियन्त्रण गरियोः पूर्व अर्थमन्त्री पौडेल

२०७९ जेष्ठ १४ गते

बैंकिङ खबर/ पूर्व अर्थमन्त्री विष्णु पौडेलले बैंक तथा वित्तीय संस्था निरंकुश तरिकाले नियन्त्रण गरिएको बताउनुभएको छ । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले अर्थतन्त्रमा कुनै समस्या छैन भनेर भ्रम छरिएको दाबी गर्नुभयो । सरकारको नीति तथा कार्यक्रम दिशाहीन भएको उहाँले बताउनुभयो । उहाँले इतिहासकै कमजोर, मुलुकको समस्या नचिनेको, समाधान हुन नसक्ने, खोक्रो र सारहीन रहेको बताउनुभयो ।

आगामी वर्षको कुन विकास आयोजनालाई प्राथमिकता दिने स्पष्ट नभएको पनि उहाँले बताउनुभयो । उहाँले वर्तमान सरकार चुनावी भएको कारणले दीर्घकालीन रुपमा आर्थिक दायित्व थप्ने र भोली आउने सरकारलाई बोझ थप्ने कार्यक्रम ल्याउन नमिल्ने बताउनुभयो ।

नीति तथा कार्यक्रम आर्थिक संकट उन्मुख बेखबर रहेको बताउनुभयो । उहाँले सामान्य अर्थतन्त्रको जस्तै गरी नीति तथा कार्यक्रम प्रस्तुत भएको बताउनुभयो ।

Ad