बैंकिङ खबर/ फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.द्वारा आफ्ना साझेदार ऋणी लघुवित्त संस्थाका कर्जा विभागमा कार्यरत कर्मचारीका लागि कर्जा व्यवस्थापन गोष्ठि तथा कर्जाको जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया काठमाडाैँमा सम्पन्न भएको छ ।
लघुवित्तको कर्जा लगानी तथा असुली कार्यमा फ्रन्टलाइनमा रहेर कार्य गर्ने फिल्ड सहायकहरुका अनुभव एक आपसमा आदान प्रदान गराई कर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ २०७९ जेठ ९ गते आयोजना गरिएको उक्तकार्यक्रममा विभिन्न लघुवित्त वित्तीय संस्थाका ३८ जनाफिल्ड सहायकहरुको सहभागिता रहेको थियो ।

त्यसै गरि लघुवित्त क्षेत्रमा हाल बढ्दो क्रममा रहेको कर्जाको जोखिमलाई न्यूनीकरणगर्न आवश्यक कानूनी तथा अन्यउपयुक्त रणनीति पहिचान गराउने उद्देश्यका साथ जेठ ११ गते कर्जाको जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विभिन्न लघुवित्त वित्तीय संस्थाका २५ जनाकर्जा विभाग प्रमुखहरुको सहभागिता रहेको थियो । कर्जाको कानूनी जोखिम पक्षबारे सहभागीहरुस“ग अन्तरक्रियाका लागि बैँकिङ कानूनविज्ञ विद्याकान्त अधिकारी र भोलानाथ ढुंड्डानाले उक्त कार्यक्रमलाई सहजिकरण गर्नुभएको थियो ।



