May 26th, 2022

मर्जर/प्राप्तिको प्रक्रियामा रहेका बीमा कम्पनीले नयाँ कर्मचारी भर्ना गर्न नपाउने


बैंकिङ खबर/ मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका बीमा कम्पनीहरूले नयाँ कर्मचारी भर्ना गर्न नपाउने भएका छन् । बीम समितिले बीमा कम्पनीहरुलाई नयाँ कर्मचारी भर्ना गर्न रोक लगाएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समितिले मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीहरूलाई नयाँ कर्मचारी भर्नामा रोक लगाइएको छ ।

मर्जर तथा प्राप्तिको बाटो रोजेका कम्पनीहरूलाई तत्कालै नयाँ कर्मचारी भर्ना नगर्न आग्रह गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार यी बाहेका अन्य कम्पनीहरूलाई समेत नयाँ कर्मचारी भर्ना र शाखा कार्यालय बिस्तार नगर्न भनिएको छ । तर, ती कम्पनीहरूलाई भने औपचारिक रूपमा निर्देशन दिन बाँकी छ ।

बीमा समितिले गत चैत महिनामा बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउने निर्णय गरेको थियो । समितिले जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी ५ अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ पुर्याउने निर्णय गरेको थियो । सोही बमोजिम बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा पुँजी पुर्याउनु पर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]