Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त

२०७९ जेष्ठ ११ गते


बैंकिङ खबर/ पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त हुनभएको छ ।
संस्थाको सञ्चालक समितिको बैठकको निर्णयानुसार यसै संस्थाका सञ्चालक रहनुभएका क्षेत्री सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन हुनुभएको हो ।

यसअघिका अध्यक्ष कृष्ण खाँड वालिद्ध नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई सर्वसम्वत चयन गरेको बताइएको छ ।

महाशिला गाउँपालिका वडा नं.४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका वडा नं.६ मा बसोवास गर्ने क्षेत्रीले कानुन विषयमा स्नातक साथै मानविकी र समाजशास्त्र विषयमा स्नाकोत्तर गर्नुभएको छ ।

उहाँ २०४६ देखि २०५० सम्म शिक्षण पेशामा, वि.सं.२०५५ देखि २०७४ सम्म जि.वि.स.लगायत विभिन्न संघ संस्थामा कानुनी सल्लाहकार साथै वि.सं.२०५१ देखि हाल सम्मव कालत पेशामा आवद्ध हुनुहुन्छ ।