Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकको सञ्चालकमा डा. आचार्य र शिवाकोटी नियुक्त

२०७९ जेष्ठ ११ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा.शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त हुनुभएको छ । आचार्य र शिवाकोटीलाई मन्त्रिपरिषद्को बैैठकले राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । आचार्य राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ भने शिवाकोटी पूर्व डेपुटी गभर्नर हुनुहुन्छ ।

राष्ट्र बैंकका सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि गत वैशाखमा सकिएको थियो । सो बेलादेखि रिक्त रहेको संचालकहरु अहिले नियुक्त गरेको हो । राष्ट्र बैंकको सञ्चालकको लागि चिन्तामणी सिवाकोटी, डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम सिफारिस भएको थियो ।

Ad