May 24th, 2022

बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने


बैंकिङ खबर/ सरकारले आगामी आर्थिक वर्षमा बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने नीति लिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने बताउनुभयो । उहाँले कृषि तथा पशुपधन बीमा कार्यक्रम विस्तार गर्दै लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्याईने बताउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]