
बैंकिङ खबर/ लक्ष्मी लघुवित्तले प्रदेश नं. १ मा प्रदेश कार्यालय र थप ३ शाखाको शुभारम्भ गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा तथा संस्थाका सञ्चालन समितिका सदस्य गणेश भट्टराईले प्रदेश नं. १ मा प्रदेश कार्यालय लगायत मोरङ जिल्लाको सुन्दरहरैचा, झापा जिल्लाको राजगढ र शिवसताकक्षी शाखाहरुको संयुक्त रुपमा औपचारिक उद्घाटन गर्नुभएको हो ।
सोही अवसरमा प्रदेश नं. १ अन्र्तगका विभिन्न शाखाहरु सुनसरी जिल्लाको कालाबन्जर, तेह्रथुमको शुक्रबारे, धनकुटाको सिन्धुवा र झापाको शनिश्चरे शाखाहरुको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
उक्त समयमा कर्मचारीहरु संग शाखाको वस्तुस्थिती, सवल पक्ष साथै समस्या र चुनौतीलाई अवसरमा बदल्न सकिने भावी योजनाका विषयहरुमा छलफल गर्नुभएको थियो ।
साथै ग्राहक सदस्यहरुका परियोजना भ्रमण र कर्जाको सदुपयोगिताको बारेमा ग्राहक सदस्यहरुसँग अन्तक्र्रिया समेत गर्नुभएको थियो ।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृतले संस्थामा आवद्घ ग्राहक सदस्यहरुलाई वित्तिय कारोबारहरु डिजिटल माध्यमको प्रयोग गरी उच्चतम लाभलिन सकिने सुझाव दिनुभयो । संस्थाको भावी रणनिती र योजना समेत डिजिटल प्रविधिलाई आत्मसाथ गर्न रहेको सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।




