May 24th, 2022

लक्ष्मी लघुवित्तद्वारा ७३ जना ग्राहकहरुलाई सीपमूलक तालिम प्रदान

 

बैंकिङ खबर/ लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोटको बट्टार र धादिङको महादेववेशी शाखामा आवद्ध ग्राहकहरुलाई क्रमशः व्यवसायिक कुखुरापालन र उन्नत तरकारी खेती तालिम प्रदान गरेको छ ।
जेठ ०६ गतेदेखि ०९ गते सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ७३ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो ।

तालिमको माध्यमबाट ग्राहकसदस्यहरुको सीप र क्षमता अभिवृद्धि गरी कर्जाको उपयोग व्यवसायिक उत्पादनशिल क्षेत्रहरुमा मात्र प्रयोग गर्न प्रेरित गर्ने उदेश्यले उक्त तालिम आयोजना गरिएको थियो । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गर्नुभएको थियो ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण,ट्यावलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]