Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

२०७९ जेष्ठ ९ गते

बैंकिङ खबर/ नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त हुनुभएको छ । जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको आगामी सीईओ नियुक्त गरेको हो। बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल अबको केही दिनभित्रै सकिँदै छ।

ढुंगानाले आउँदो असार १७ बाट नबिलको सीईओको रुपमा पदबहाली गर्नुहुनेछ । राष्ट्र बैंकसँग अन्तिम स्वीकृतिका लागि जानुअघि नबिलले गत शनिबार गरेको विशेष साधारण सभाबाटै एकीकृत कारोबारको सुरुवाती दिनदेखि नै बैंकको प्रमुख कार्यकारीको भूमिका सम्हाल्ने गरी ढुंगानालाई सीईओ नियुक्तिको निर्णय गरेको थियो।

यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक (एनबी) मा एक दशक उहाँले व्यवस्थापकीय नेतृत्व गर्नुभएको थियो ।  ढुंगानाले गत पुस अन्तिम साता नेपाल बंगलादेश बैंककाे सिईओबाट अवकाश लिनु भएको थियो । 

# सच्याइएको

Ad