Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुमा मुद्दती निक्षेपको हिस्सा बढ्दो

२०७९ जेष्ठ ९ गते


बैंकिङ खबर/ बैंकहरुमा मुद्दती निक्षेपको हिस्सा बढेको पाइएको छ । पछिल्लो केही महिनायता वाणिज्य बैंकहरुमा कुल निक्षेप बढ्न नसके पनि मुद्दती निक्षेप भने बढेको पाइएको छ ।

अहिले ब्याजदर बढेर ११ प्रतिशत माथि पुगेपछि मुद्दतीमा निक्षेपकर्ताको आकर्षण बढेको छ । गत आर्थिक वर्षको अन्तिम अर्थात् असार मसान्तसम्ममा बैंकहरुमा कुल ४२ खर्ब ४ अर्ब ९१ करोड रुपैयाँ निक्षेप रहेकोमा १९ खर्ब १९ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा थियो । यो भनेको कुल निक्षेपको ४५.६५ प्रतिशत हो ।

चैतमसान्तसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब ९० अर्ब १९ करोड रुपैयाँ छ । जसमा २३ खर्ब ६६ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा रहेको छ ।

चालु आर्थिक वर्षमानै कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ८ प्रतिशतभन्दा धेरैले बढेको छ । फागुनसम्ममा कुल निक्षेपमा मुद्दतीको हिस्सा ५३.५४ प्रतिशत थियो भने माघसम्ममा ५२.७५ प्रतिशत थियो ।

गत फागुनसम्ममा बैंकहरुको बचत खातामा १२ खर्ब ७० अर्ब रुपैयाँ रहेकोमा चैतसम्ममा १२ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ तर यही अवधिमा मुद्दती निक्षेप भने ४६ अर्ब रुपैयाँले बढेको छ । यसले बचत खातामा रहेको पैसा धमाधम मुद्दती निक्षेपमा परिणत हुन थालेको छ ।
अहिले वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ११.०३ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् ।

Ad