
बैंकिङ खबर/ नेपालमा रहेका इन्स्योरेन्स कम्पनीमध्ये अग्रणी स्थानमा रहेको कम्पनी हो प्रभु इन्स्योरेन्स । यस कम्पनीले हाल २६ औँ वार्षिकोत्सव समेत बनाइ सकेको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपालभर आफ्ना नेटवर्कहरूमार्फत विभिन्न जीवन बीमा उत्पादन र सेवाहरू उपलब्ध गराएर ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।
नेपाली जनताको आवश्यकता अनुसारको जीवन बीमा सेवामार्फत सेवा प्रदान गर्ने उद्देश्यले २ अर्ब पुँजीगत कोषबाट स्थापना भएको थियो । २६ औँ वसन्त पार गरिरहँदा यस कम्पनीको अधिकांश सूचकांक सुधारउन्मुख छ । यस कम्पनीको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश सूचक बढेको देखिन्छ ।
१ अर्ब १६ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३२ करोड ३१ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २८ करोड ९३ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम वृद्धि भएको छ ।
यस अवधिमा कम्पनीको बीमा कोषमा ९० करोड ७४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७८ करोड ८९ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार पनि बृद्धि भएको छ ।
गत आर्थिक वर्षमा ४६ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ५१ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११ दशमलव ४९ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा १६ करोड २० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १५ करोड ९८ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा सामान्य प्रतिशतले बढेकोे हो ।
त्यस्तै,समिक्षा अवधिमा कम्पनीले १५ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ २१३ रुपैयाँ रहेको छ ।
‘छिटो र सहज सेवा प्रदान गरेका छौं’

सन्चित बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत
कम्पनीको हाल शाखा सञ्जाल ५५ मा विस्तार गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य भन्नुहुन्छ, ‘हामी यस शाखा विस्तारको कार्यलाई निरन्तरता दिँदै बीमाको पहँच नपुगेको र सम्भाव्यता रहेको स्थानहरुमा शाखा सञ्जाल विस्तार गर्दै लग्नेछौं । कम्पनीले ग्राहकको सेवाको निमित्त नविनतम प्रविधिको उपयोग गरि आफ्नो सेवा सुविधाहरु छिटो र सहज तरिकाले प्रदान गर्दै आइ रहेको छ । आगामी दिनहरुमा प्राप्त अवसरलाई सहि उपयोग गर्दै ग्राहकहरुको हितलाई अधिकतम संरक्षण गर्दै सर्वोकृष्ट सुविधा प्रदान गर्दै लैजाने योजना राखेका छौं ।’
कम्पनीका लगानीकर्ताको लगानीको सुनिश्चित र बीमितहरुको सम्पत्ति तथा दायित्वको सरक्षा प्रदान गरी कम्पनीलाई निरन्तर सबल बनाउँदै लैजाने उदेश्यलाई पूरा गर्न कम्पनीको संस्थागत सुशासनलाई निकै महत्वको साथ लिएको उहाँ बताउनुहुन्छ ।
प्रचलित कानून, नियामक निकायबाट जारी भएका तथा कम्पनीका आन्तरिक नीति, नियम र निर्देशनहरुको पूर्ण पालना गर्दै कम्पनीले आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ पार्दै लगिएको छ । कम्पनीमा आवश्यक नीतिहरुको पुनरावलोकन एवं तर्जुमा गरिएको प्रमुख कार्यकारी अधिकृत बज्राचार्यकाे भनाइ छ । त्यसैगरी जोखिम व्यवस्थापन सम्बन्धि कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको बज्राचार्य बताउनुहुन्छ ।




