Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिद्वारा ५ वीमा कम्पनीलाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान

२०७९ जेष्ठ ३ गते

बैंकिङ खबर/ बीमा समितिले ३ वटा कम्पनीलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । बीमा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स कं.लि., गुराँस लाइफ इन्स्योरेन्स कं.लि. र युनियन लाइफ इन्स्योरेन्स कं.लि. लाई एक आपसमा गाभ्न र गाभिन मंगलबार सैद्धान्तिक सहमति दिएको हो।

साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको समितिले जनाएको छ । ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

यसअघि, मिति २०७९/०१/२३ मा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स कं।लि। र एभरेष्ट इन्स्योरेन्स कं।लि। लाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

ती दुई कम्पनीले आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्तरुपमा समितिमा निवेदन दिएका थिए । यस संगै समितिले मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेका बीमा कम्पनीको संख्या ५ पुगेको छ ।