May 16th, 2022

बीमा क्षेत्रमा ११ हजारलाई रोजगारी


बैंकिङ खबर/ बीमा क्षेत्रमा हालसम्म ११ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बीमा समितिका अनुसार हालसम्म नेपाली बीमा बजारमा ११ हजार ९१८ जनाले रोजगारी पाएका हुन् । बीमा क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रोजागारीका अवसरहरू उल्लेख्य रूपले बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

चालु आवको चैत मसान्तसम्ममा बीमा क्षेत्रमा ११ हजार ९१८ जनाले रोजागरी पाएका छन् । गत आवको चैत मसान्तसम्ममा यो संख्या १० हजार ५७३ मात्रै थियो ।

एक वर्षको अवधिमा सो संख्या १२.०४ प्रतिशतले बढेको हो ।चालू आर्थिक वर्ष २०७८÷७९ को चैत्र मसान्तसम्ममा जीवन बीमामा ६ हजार २०९ जना आवद्ध भएका छन् ।

समितिकाअनुसार निर्जीवन बीमामा ५ हजार ६३७, पुनर्बीमा कम्पनीमा ७२ जना गरी कुल ११ हजार ९१८ जनाले प्रत्यक्ष रोजागारी पाएका छन् । बीमा क्षेत्रमा बीमा अभिकर्ता र बीमा सर्भेरले पनि रोजगारी पाएका छन् । करीब ३ लाखको संख्यामा बीमा अभिकर्ताहरू प्रत्यक्ष एंव अप्रत्यक्ष रूपमा बीमा क्षेत्रमा आवद्ध भएका छन् ।

निर्जीवन बीमातर्फ चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ हजार २५१ जना इजाजत प्राप्त बीमा सर्भेयरहरूले प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा रोजागारीमा संकलग्न भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]