July 3rd, 2022

नेपाल लाइफ इन्स्योरेन्सः ‘आफ्नै आधुनिक नेपाल लाइफ पाठशाला’

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नै “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्ष सञ्चालनमा ल्याएको छ । कम्पनीले कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको हो ।

बीमा समितिका अध्यक्षसूर्य प्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त “नेपाल लाइफ पाठशाला” को समुद्घाटन गर्नुभएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरुलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताउनुभयो ।

बीमा समितका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उहारणीय कार्य भएको बताउनुभयो । नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यवसायिक दक्षता एवं क्षमता अभिबृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधा सम्पन्न “नेपाल लाइफ, पाठशाला” को स्थापना गरिएको बताउनुभयो ।

आगामी दिनहरुमा यस पाठशालामा विज्ञ प्रशिक्षकहरुमार्फत अभिकर्ता र कर्मचारीहरुको लागि नियमित तालिम एवं सेमिनारहरु संचालन गर्न कम्पनी व्यवस्थापनलाई उहाँले सुझाव दिनुभयो ।

बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको एक मात्र इन्सुरेन्स कम्पनी हो, नेपाल लाइफ इन्स्योरेन्स । कम्पनी यतिखेर आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औं वर्षमा हिँडि रहेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको छ ।

कम्पनीको हाल २ सय भन्दा बढी शाखा सञ्जाल बढाउन सफल भएको छ । जसका कारण आम नागरिकले सहजै यस बीमा कम्पनीबाट सेवा लिन पाएका छन् । जसकारण कम्पनीले छुट्टै पहिचान बनाउ सफल भएको छ ।

यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरु रहेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]