Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धमाधम मर्जरको बाटो रोज्दै बीमा कम्पनीहरु

२०७९ बैशाख ३० गते

बैंकिङ खबर/  पछिल्लो समय बीमा कम्पनीहरूबीच धमाधम मर्जर तथा एक्विजिसन हुन थालेको छ ।  बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै इन्स्योरेन्स कम्पनीहरुले मर्जरको बाटो अवलम्बन गर्न थालेका हुन् ।

बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि अहिले बीमा कम्पनीहरू मर्जर तथा प्राप्तिकाे दबाबमा छन् । कम्पनीहरूले अहिले समितिसमक्ष पुँजी वृद्धिकाे योजना पनि पेश गरिसकेका छन्। कम्पनीहरूले पुँजी वृद्दीका लागि  हकप्रद र मर्जर तथा प्राप्ति लगायत  विकल्पहरू अगाडि सारेका छन्।

बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी पुर्याउन पत्राचार गरिसकेकाे छ । कम्पनीहरूले एक वर्षभित्र पुँजी पुर्‍याइसक्नु पर्नेछ ।

बीमामा बिग मर्जर

 प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने भएको छ । यी तीन कम्पनीहरुबीच बिहीबार मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्राइम लाइफको नेतृत्वमा युनियन र गुराँस लाइफ मर्जरमा जाने भएका हुन् ।

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यी तीन कम्पनीले एक बराबर १ को अनुपातमा शेयर आदानप्रदान गरेको खण्डमा मर्जर भएपछि चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार हुनेछ । अर्थात यी तीन कम्पनी मर्जरपछि नेपाल लाइफपछि दोस्रो ठुलो चुक्ता पूँजी भएको कम्पनी बन्नेछन् ।

स्वाप रेसियो डिडिए भ्यालुएशनपछि गरिने जनाएको छ । अबको एक हप्तापछि एक्चुरी भ्यालुएशनको टिम नेपाल ल्याएर एक्चुरीको काम सम्पन्न गराएर स्वाप रेसियो तय गर्ने गरी अहिले प्रारम्भिक सम्झौता गरेको प्राइम लाइफका एक संचालकले बताए । बीमा समितिले दिएको निर्देशन अनुसार यी तीन कम्पनीले मर्जर सम्झौता गर्ने निर्णय गरेका हुन् ।

हिमालयन जनरल र एभरेष्टबीच मर्जर

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भएको छ । दुई कम्पनीबीच समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको हो ।

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ । यस्तै एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । १ः१ को अनुपातमा गभिएपछि चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । चुक्ता पुँजी बढाउनु पर्ने बाध्यता भएपछि ती दुई इन्स्योरेन्स कम्पनी मर्जरमा जाने सहमतिमा पुगेका हुन् ।

यूनियन लाइफ पनि मर्जरमा जाने  

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभाले मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने एक्विजिशन गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ । सभाले बीमा समितिले तोकेको समय भित्र ५ अर्ब चुक्ता पूँजी पुर्‍याउन अन्य जीवन बीमा कम्पनीबच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने, प्राप्ती गर्ने एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।
 
बीमा समितिले २०७९ चैत्र मसान्त भित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पु¥याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि बिस्तृत लेखा परीक्षण (डिडिए) गर्नका लागि मुल्यांककर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले संचालक समितिलाई अख्तियारी दिएको हो।

मर्जरमा जान आईएमई लाइफलाई अख्तियारी

आईएमई ग्रुपअन्तर्गतको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभाबाट मर्जरमा जान अख्तियारी पाएको छ । कम्पनीमा सर्वसाधारणलाई छुट्याइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न–गाभिन वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरिएको छ।

मर्जरमा पनि जान सक्ने बाटो खुला

 

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिलाई पूँजी बढाउन नसके मर्जरमा जान आग्रह गर्दै गर्नुभएको छ । अध्यक्ष सिलवाल भन्नुहुन्छ, ‘‘तोकिएको अवधि भित्र चुक्ता पूँजी वृद्धिको योजना ल्याउन र तोकिएको पूँजी पुर्याउन नसके मर्जरमा जानुस् ।’

बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको पनि उहाँको भनाइ छ ।
सिलवालले धेरै लामो गृहकार्य गरेर बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो । अध्यक्ष सिलवालले भन्नुभयो, ‘बीमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात हो । पूँजी वृद्धिको योजना धेरै अगाडि देखिको हो । पूँजी पुर्याउन नसके मर्जरमा जानुपर्छ, कम्पनीको महत्वपूर्ण आधार भनैकै पूँजी हो । यो सबैको हितमा आएको छ र यसमा केही अप्ठ्यारो परे त्यो फुकाउन समिति तयार छ ।’

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पूँजी वृद्धिको योजना माथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तयार रहेको बताउनुहुन्छ ।

यी २४ बीमा कम्पनीले मात्र बुझाए पुँजी वृद्धिको योजना

२४ बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना बुझाएका छन् । बीमा समितिका अनुसार बैशाख ११ गते अन्तिम दिनसम्ममा १२/१२ वटा जीवन र निर्जीवन बीमा कम्पनीले पुँजी वृद्धिको योजना बुझाएका हुन् ।

बीमा समितिले गत चैत १० गते सबै बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको योजना पेश गर्न निर्देशन दियो । समितिले बैशाख ११ गते सम्मको लागि अल्टिमेटम दिँदै निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना पेश गर्न भनेको थियो । यो निर्देशन आगामी एक वर्ष भित्र कार्यान्वयन गर्न समेत समितिले भनेको छ । समितिले तोकेको उक्त समय आइतबार सकिएको छ ।

पुँजी वृद्धिको योजना बीमा समितिमा पुर्याउने १२ जीवन बीमा कम्पनीहरुमा लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । जीवन बीमा कम्पनीहरुले हालको चुक्ता पुँजी बढाएर न्यूनतम ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने समितिको निर्देशन छ ।

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । समितिले तोकेको चुक्ता पुँजी भन्दा बढी नेपाल लाइफको मात्रै रहेको छ जसको चुक्ता जुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । तर यो कम्पनी बाहेक अन्य जिवन बीमा कम्पनीहरुले हाल तोकेको चुक्ता पुँजी पुर्याउन धेरै नै थप्नुपर्ने देखिन्छ ।

समितिले पुँजी वृद्धि गर्न नसके मर्जरको योजना पेश गर्न भनेको थियो । १२ वटा जीवन बीमा कम्पनीले पुँजी वृद्धिको योजना पेश गरेपनि बाँकी सात कम्पनीले भने न पुँजी वृद्धिको योजना पेश गरेका छन् भने न मर्जरको नै ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुँजी वृद्धिको योजना पेश नगर्ने बीमा कम्पनीहरुलाई कारवाही बताउनुभएको छ ।

नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुको पनि समितिले तोकेको जति चुक्ता पुँजी छैन । सबै निर्जीवन बीमा कम्पनीहरुले चुक्ता पुँजी वृद्धिको योजना समितिमा पेश गर्नुपर्ने थियो ।

पुँजी वृद्धिको योजना बुझाएका निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल र यूनाईटेड इन्स्योरेन्स रहेका छन् ।

गत असार मसान्तसम्मको तथ्यांकका आधारमा हेर्दा बीमा कम्पनीको पूँजी निम्न अनुसार रहेको छ ।

सि.नं. जीवन बीमा कम्पनीको नाम चुक्ता पुँजी (रु लाखमा) थप्नुपर्ने पुँजी (रु लाखमा)
१ नेपाल लाइफ ७१९९९९.७१ पर्याप्त
२ नेशनल लाइफ ३३९०८.८९ १६०९१.११
३ एलआईसी नेपाल लाइफ २२११० २७८९०
४ एशियन लाइफ २०१०७.६१ २९८९२.३९
५ सूर्या लाइफ लाइफ २०१०७.६१ २९८९२.३९
६ गुराँस लाइफ २०३३१.२९ २९६६८.७१
७ प्राइम लाइफ २४१७०.५७ २५८२९.४३
८ आइएमई लाइफ १४००० ३६०००
९ युनियन लाइफ २१५०० २८५००
१० सन नेपाल लाइफ १४००० ३६०००
११ न्योति लाइफ २२००० २८०००
१२ रिलायवल लाइफ १४००० ३६०००
१३ रिलायन्स लाइफ २१००० २९०००
१४ सिटिजन लाइफ १७५०० ३२५००
१५ सानिमा लाइफ १४००० ३६०००
१६ प्रभु लाइफ २०००० ३००००
१७ महालक्ष्मी लाइफ १४००० ३६०००
१८ राष्ट्रिय बीमा संस्थान १८१०ं२० ४८१८९.८
१९ मेट लाइफ – –

 

 

Ad