Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा संस्थानको नाफा ४ करोड ९६ लाख रुपैयाँ

२०७९ बैशाख २९ गते


बैंकिङ खबर/ राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थानले आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म यस्तो नाफा कमाएको हो ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थानले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, समीक्षा अवधिमा संस्थानले खुद बीमा शुल्क आम्दानी समेत ७.४३ प्रतिशतले बढाएर ७ अर्ब २७ करोड रुपैयाँ पुर्‍याएको छ । गत वर्ष यस्तो आम्दानी कम्पनीले ६ करोड ७७ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।