
बैंकिङ खबर/ नौ महिनामा वाणिज्य बैंकहरुको निक्षेपको ब्याज ४८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको चैतसम्मको निक्षेपको ब्याज ४८ प्रतिशतले बढेको हो ।
२०७८ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.११ प्रतिशत रहेकोमा २०७७ चैतमा र कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ४.७९ प्रतिशत र ८.६१ प्रतिशत रहेका थिए ।
यस्तै, बैंकहरुको कर्जाको ब्याज पनि २५.२० प्रतिशतले बढेको देखिन्छ । चालु आवको चैतसम्म कुल १०.७८ प्रतिशत रहेको बैंकहरुको ब्याज गत आर्थिक वर्षको चैतमा ८.६१ प्रतिशत थियो ।
बैंकहरुको आधार दर पनि ३२.८९ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ चैतमा ६.९० प्रतिशत रहेकोमा २०७८ चैतमा ९.१७ प्रतिशत कायम भएको छ ।