May 8th, 2022

हिमालयन र एभरेष्टले पाए सैद्धान्तिक सहमति


बैंकिङ खबर/ हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट सैद्धान्तिक सहमति पाएको छ । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेसँगै आवश्यक काम कारबाही अगाडि बढाउन सैद्धान्तिक सहमति प्रदान गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनुभएका छ ।

दुई कम्पनीले गत बिहीबार एक आपसमा गाभ्ने/गाभिने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सगरमाथा इन्स्योरेन्ससँग मर्जरको लागि छलफल गरिरहेको हिमालयनले एकाएक एभरेष्ट इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमति गरेको हो ।

हाल हिमालयन जनरलको चुक्ता पूँजी एक अर्ब १७ करोड रुपैयाँ रहेको छ भने एभरेष्टको एक अर्ब २५ करोड रुपैयाँ छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले चैत १० गते जीवन र निर्जीवन बीमा कम्पनीहरुको पूँजी बढाउने निर्देशन दिएको थियो । निर्देशनसँगै अहिले इन्स्योरेन्स कम्पनीले मर्जरको बाटो रोजेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]