Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

राष्ट्र बैंकद्वारा किसान लघुवित्तको बोनस सेयर कटौती

२०७९ बैशाख २५ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस सेयर कटौती गरेको छ। राष्ट्र बैंकले गत वैशाख २१ गते संस्थालाई पत्र पठाउँदै गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरमा कटौती गरेको हो।

यसअघि किसान लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार ७७५.२५ रुपैयाँबाट २५ प्रतिशत हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो। सोहीअनुसार संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो।

राष्ट्र बैंकले भने स्वीकृति पत्र पठाउँदै चुक्तापुँजीको २० प्रतिशतले हुने रकम ७ करोड ८५ लाख ६१ हजार ७५५.०५ रुपैयाँबराबरको बोनस सेयर ऐन तथा नियमावली र अन्य प्रचलित कानुनी व्यवस्थासमेत पालना गर्ने गरी संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरेको छ।