Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाईं नियुक्त

२०७९ बैशाख २३ गते

बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाईं नियुक्त हुनुभएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि लागू हुने गरी प्रसाईंलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । बीमा समितिले स्वीकृति दिएपश्चात मात्रै प्रसाईंले प्रभु लाइफमा सीईओको कार्यभार सम्हाल्नुहुनेछ ।

यस अघि प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजीनामा दिनुभएको थियो । पौडेलले राजीनामा दिए पछि प्रभु लाइफ इन्स्यारेन्स फागुन १८ गतेदेखि सीईओ विहीन थियो ।