Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने

२०७९ बैशाख २२ गते


बैंकिङ खबर/ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुने भएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याएपछि मर्जरमा जानको लागि सम्झौता गर्नेमा हिमालयन र एभरेष्ट पहिलो संस्था बनेका छन् ।

बिहीबार दुई संस्थाका अध्यक्षले मर्जरमा जाने विषयमा सम्झौता गरेका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ । एभरेष्ट इन्स्यारेन्सको १ अर्ब २५ करोड छ ।

हिमालयन र एभरेष्ट १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेका हुन् । स्वापको अनुपातको टुंगो भने सम्पत्ति तथा दायित्वको मुल्यांकन(डिडिए)पछि टुंगो लाग्ने छ । मर्जरपछि २ अर्ब ४२ करोड चुक्ता पुँजी हुन्छ ।