Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१ अर्ब निक्षेप संकलन हुँदा ३ अर्ब कर्जा लगानी

२०७९ बैशाख २२ गते

बैंकिङ खबर/ एक सातामा वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक साताको अवधिमा बैंकिङ प्रणालीमा जम्मा १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो अवधिमा कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँ भएको छ ।

बैशाख ९ गतेसम्म ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा एक साताको अवधिमा १ अर्ब रुपैयाँ थपिएर १६ गतेसम्म आइपुग्दा निक्षेप ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । वैशाख ९ गतेसम्म बैंकबाट ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । संघका अुनसार वैशाख १६ गतेसम्म बैंकको कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९०.९९ प्रतिशत रहेको छ ।

Ad